२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

'गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार' जेठ १९ मा

काठमाडौँ — गोपीकृष्ण मुभिजले 'गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार'को नयाँ संस्करण घोषणा गरेको छ । 'हिजोलाई सम्मान, आजलाई प्रोत्साहन र भोलिलाई उत्थान' भन्ने नारासहित विसं २०६९ सालबाट यो अवार्ड सुरु भएको हो ।

'गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार' जेठ १९ मा

अवार्डको नयाँ श्रृंखला आगामी जेठ १९ मा हुने जानकारी आयोजकले दिएको छ । आयोजकका अनुसार २०८० मा प्रदर्शन भएका फिल्मध्येबाट निर्णायकले छनौट गरेका २३ प्रतिष्पर्धात्मक विधामा अवार्ड वितरण गरिनेछ ।

साथै दीर्घसाधना सम्मान र चलचित्र पत्रकारिता पुरस्कारबाट पनि सम्मान गरिने छ । यही वर्षबाट 'नारायण' सर्वोत्कृष्ट निर्माण नियन्त्रक र 'उद्धव' दीर्घसाधना सम्मान थपिएको छ । यो दुई अवार्डसँगै यो वर्ष २५ विधामा अवार्ड वितरण गरिने भएको हो ।

अवार्ड कार्यक्रममा स्वेदशीसँगै विदेशी फिल्मकर्मीको सहभागिता रहनेछ । अवार्ड व्यवस्थापन गरिरहेको गोपीकृष्ण कामख्या मिडिया कम्पनी प्राइभेट लिमिटेडले जेठ २० मा 'सुटिङ डेस्टिनेशन इन नेपाल' शिर्षकमा छलफल समेत गराउने बताइएको छ ।

प्रकाशित : वैशाख २६, २०८१ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?