सन् २०१८ को वसन्त ऋतुको एक दिन, छ वर्षीया छोरी लिएर हामी अस्ट्रेलियाको ग्रामीण सहर टुओम्बाको केन्द्रमा पुगेका थियौं, जहाँ दुई ठूला संरचना—करिब ५०० मिलियन डलर खर्चेर बनाइएको ‘ग्रान्ड सेन्ट्रल सपिङ मल’ र त्यसैको पारिपट्टि २५ मिलियन डलरमा बनेको ‘टुओम्बा सिटी लाइब्रेरी’— अवस्थित छन् । सुरुमा हामी सपिङ मलभित्र छिर्यौं ।
यतिखेर करिब छ हजार सानाठूला मानवनिर्मित स्याटेलाइटहरूले अन्तरिक्षका विभिन्न भागमा बसेर पृथ्वीको एक्सरे गर्ने गर्छन् । तीमध्ये पृथ्वीबाट लगभग ७०५ किलोमिटर टाढा अन्तरिक्षमा तैरिएका दुई दिदीबहिनी स्याटेलाइटहरूले यहाँको जल, जमिन र जलवायुको परिवर्तनलाई दैनिक नियाल्छन् ।
सन् १९९३ को अगस्ट महिना । जर्मनीको स्टुटगार्ट सहरमा भएको विश्व एथलेटिक्स प्रतियोगिताको चौथो संस्करणमा तीन चिनियाँ महिला धावक ली दोङ, क्वु युन्जी र वाङ जुन्जीले क्रमशः १५०० मिटर, ३००० मिटर र १०००० मिटरको दौडमा स्वर्ण पदक मात्रै जितेनन्, विश्वकीर्तिमान नै कायम राखे ।
२०७७ मंसिर १७, बुधबार बिहान, यो लेख तयार पार्दै गर्दा काठमाडौंको मुटु मानिने रत्नपार्कको हावामा पीएम २.५ भनिने सूक्ष्म धूलोका कणको मात्रा ‘एयर क्वालिटी इन्डेक्स’ को मापनमा १९५ थियो । सोही समयमा काठमाडौं उपत्यकाका अन्य चार स्थानमा राखिएका त्यस्ता मापनकेन्द्रहरू — भैंसेपाटी, झम्सीखेल, फोहरा दरबार, अमेरिकी दूतावास महाराजगन्ज — मा पीएम २.५ को मात्रा क्रमशः १६०, १३४, १५९ र १२२ थियो ।
सन् १८७९ को ग्रीष्मयाम । फ्रान्सेली वैज्ञानिक लुई पास्चर पन्छीलाई हैजा लगाउने ब्याक्टेरिया मिसाइएको कुखुराको सुरुवा प्रयोगशालाका केही कुखुरालाई खुवाउन (इनोकुलेट गर्न) विद्यार्थीलाई अह्राएर आफू भने छुट्टी मनाउन पेरिसतिर लागे ।
६ मे २०१७ को द इकोनोमिस्ट पत्रिकामा विश्वको ‘सबैभन्दा मूल्यवान् साधन अबउप्रान्त खनिज तेल नभएको’ दाबीसहितको कभर स्टोरी छापियो । उन्नाइसौं शताब्दीको मध्यतिर अमेरिकामा उत्खननको व्यावसायिक क्रम सुरु भएयता खनिज तेलले विश्वको सबैभन्दा मूल्यवान् साधनका रूपमा संसारभर एकछत्र दबदबा कायम राखेको थियो ।
सन् १९८८ मा अमेरिकाको इन्डियाना विश्वविद्यालयकी प्राध्यापक एलिनोर अस्ट्रम अमेरिकी सहयोग नियोग (यूएसएड) अन्तर्गतको विकेन्द्रीकृत वित्त व्यवस्थापन कार्यक्रमको अध्ययन गर्न नेपाल आइन् । नेपाल आएपछि उनको ध्यान विकेन्द्रीकरणले भन्दा समुदायमा आधारित प्राकृतिक स्रोतको व्यवस्थापनले खिच्यो ।
२६ फेब्रुअरी १६०६ मा डच अन्वेषक विलेम यान्सोनले करिब तीन महिना लामो समुद्री यात्रापछि जमिन भेटे । र, उक्त नौलो देशलाई नाम दिए— न्यु हल्यान्ड । हाल अस्ट्रेलिया भनेर चिनिने उक्त देशमा त्यसभन्दा अघि लगभग ६० हजार वर्षदेखि बस्दै आएका आदिवासी समुदायबाहेक ‘बाहिरिया मान्छे’ को पाइला परेको थिएन ।
१५ जुलाई १९७५, रुसी अन्तरिक्ष यान सोयुज, दुई अन्तरिक्षयात्री एलेक्सी लिओनोभ र भ्यालेरी कोवासोभलाई बोकेर कजाकिस्तानस्थित रकेट प्रक्षेपण केन्द्रबाट आकाशतर्फ लाग्यो । त्यसको केही घण्टापछि तीन अन्तरिक्षयात्री थोमस स्टाफोर्ड, भेन्स ब्रान्ड र डोनाल्ड स्लेटनलाई बोकेर अमेरिकी अपोलो यान नासाको केनेडी सेन्टरबाट आगोको मुस्लो छोड्दै आकाशतिर बत्तियो ।
सन् १८६७, अमेरिकी अखबार न्युयोर्क टाइम्समा पृथ्वीबाटै ‘हात्ती लोप हुन सक्ने’ चेतावनीयुक्त लेख छापियो । त्यो बेला न्युयोर्कमा मात्रै वार्षिक करिब ५ लाख केजी हात्तीको दाँत खपत हुन्थ्यो । टाँकदेखि काइँयोसम्म, सजावटका सामानदेखि पियानोका कीसम्म हात्तीको दाँतबाट बन्थे ।