२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुगम दुलाल

सुगम दुलालका लेखहरु :

‘लापता लेडिज’: घुम्टोभित्र छोपिएको पितृसत्ता

घुम्टोभित्र छोपिएका र उस्तै रातो साडीमा दुई बेहुली रेलको एउटै डब्बामा छन् । यात्राको बीचमै उनीहरू साटिन पुग्छन् । एक बेहुली रेल्वे स्टेसनमै हुन्छे । त्यसपछि सुरु हुन्छ, ‘लापता लेडिज’ फिल्मको रोमाञ्चक कथा । दुईमध्ये एक बेहुली आफ्नो बेहुला र उसको घर खोज्न संघर्ष गर्छे ।

दूरदराज चिनाउन मग्न युवा

विगत केही वर्षदेखि घरमै बसेर देशैभरिका हिमाल, पहाड र नदीनाला अवलोकन गर्नेहरूको संख्या बढ्दो छ । कमै सुनिएका र नकहलिएका स्थलहरूले एकाएक लोकप्रियता पाउन थालेका छन् । प्रकृतिको मनोरम सौन्दर्य र मनै लोभ्याउने यस्ता दृश्यले थुप्रैलाई झोला भिरेर यात्रामा निस्किने साहस पनि दिएको छ । बिदाको समय मिल्नासाथ समूह तयार पारी भ्रमण गर्न हिँड्नेहरूको लस्कर अहिले लामो छ ।

सवारी सुरक्षा दिने ट्राफिक प्रहरी नै असुरक्षित

गत फागुन २० मा कोटेश्वर चोकमा जुनेली यातायातको बसले ठक्कर दिँदा ४१ वर्षीय प्रहरी नायव निरीक्षक टोपबहादुर खत्री गम्भीर घाइते भए । ड्युटीमा खटिएका खत्रीलाई प्र ३–०१ ००५ ख ९७५५ नम्बरको बसले बिहान ९ बजेर ४० मिनेटमा ठक्कर दिएको थियो । टाउकोमा चोट लागेका उनको उपचारका क्रममा २७ गते दिउँसो माइतीघस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भयो ।

सडक सुरक्षा दिने ट्राफिक प्रहरी नै असुरक्षित

गत फागुन २० गते कोटेश्वर चोकमा जुनेली यातायातको बसले ठक्कर दिँदा ४१ वर्षीय प्रहरी नायब निरीक्षक टोपबहादुर खत्री गम्भीर घाइते भए । ड्युटीमा खटिएका खत्रीलाई प्र ३–०१ ००५ ख ९७५५ नम्बरको बसले बिहान ९ बजेर ४० मिनेटमा ठक्कर दिएको थियो । टाउकोमा चोट लागेका उनको उपचारको क्रममा २७ गते दिउँसो माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भयो ।  

संघर्षपछिको खुसी नाटकमा

‘जान्दुन, मान्दुन सस्तो अहंकारहरू भन्दुन, केही बुझ्दुन, झुत्रा छन् आसहरू ।’ ‘उबुर उबुर टिक्की’ नाटकमा उच्चारण गरिएका वाक्य यत्ति हुन् भन्दा हुन्छ । एक घण्टा लामो नाटकमा कलाकारहरू केही बोल्दै बोल्दैनन् त ? त्यसो पनि होइन ।

जब किरा बनेर मान्छे पर्दाअघि निस्किए...

‘जान्दुन, मान्दुन सस्तो अहंकारहरू भन्दुन, केही बुझ्दुन, झुत्रा छन् आसहरू । ’ ‘उबुर उबुर टिक्की’ नाटकमा उच्चारण गरिएका वाक्य यत्ति हुन् भन्दा हुन्छ । एक घण्टा लामो नाटकमा कलाकारहरू केही बोल्दै बोल्दैनन् त ? त्यसो पनि होइन । एक घण्टाभरि कलाकारहरू छटपटाउँछन्, उफ्रन्छन्, कराउँछन् अनि रमाउँछन् तर प्रस्ट केही बोल्दैनन् । बोल्छन् त केवल शरीरका हाउभाउका माध्यमबाट, आवाज निकाल्छन् त केवल हृदयले स्पर्श गर्ने खालका । 

फ्लाइओभर निर्माणमा ढिलाइ हुँदा ट्राफिक जामले सास्ती

ग्वार्को मूल सडक छेउमै आगमन थकाली चुलो रेस्टुरेन्ट चलाइरहेका वीरेन्द्र शेरचनको होटलमा हिजोआज चहलपहल कम हुँदै गएको छ । भित्री साइकल लेनमा पार्किङ खुला हुँदासम्म शेरचनको व्यापार चलेको थियो । तर अहिले धेरैले ट्राफिक जाम छल्न साइकल लेन प्रयोग गर्न थालेपछि त्यस ठाउँमा पार्किङ निषेध गरिएको छ । पार्किङ निषेध भएदेखि उनको रेस्टुरेन्टमा आउने सेवाग्राहीको संख्या घट्न थालेको छ । ‘पार्किङ निषेध नहुँदासम्म ग्राहकको चाप राम्रै थियो,’ उनले भने, ‘अहिले घट्दै गएको छ ।’

चीनको चिन्ता : जन्मदर बढेन

कुनै बेला बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न एक सन्तान मात्र जन्माउने नीति लिएको चीनलाई अहिले जनशक्ति अभावले सताउन थालेको छ । चीनले सन् १९८० देखि एक सन्तान नीति लागू गरेको थियो ।