२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाब बढेपछि १० घण्टादेखि नदी बिचमै फसेका कामदार बिहीबार बिहान मात्रै नदी वारी आउन सकेका छन् ।  पानीको बहाब घटेपछि बिहीबार उनीहरु नेपाल तर्फ आउन सकेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार बुधबार साँझ नदीमा पानीको बहाब बढ्ने बित्तिकै शारदा ब्यारेजको ढोका खोलिएको थियो । महाकालीको बिचमा गिट्टी, बालुवालगायतका निर्माण सामाग्री ढुवानीका लागि पुगेका ट्याक्टर र त्यसमा रहेका कामदार नदीको बिचमै फसेका हुन् । पहाडी जिल्लामा वर्षा भएका कारण नदीमा बाढी समेत आएको थियो ।

‘१४ ट्याक्टर र २८ जना कामदार नदीमा फसेका हुन्,’ डीएसपी जोशीले भने, ‘पानी घटेपछि सबै वारी आए ।’ उनका अनुसार शारदा ब्यारेजका ढोका खोल्दा पूर्व जानकारी नदिँदा कामदार नदीमै फसेका हुन् । समयमै जानकारी प्राप्त भएको भए ट्याक्टर र कामदार सहजै वारी आउन सक्थे । विगतमा पनि पूर्व सुचना बिना नै ढोका खोल्दा कामदार नदीमै फसेका थिए ।

प्रकाशित : वैशाख २७, २०८१ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?