गुलमोहरले सजियो घोराही
दाङ — दाङको घोराही उपमहानगरपालिका–१५ का सडक किनार यतिबेला गुलमोहर फूले सजिएका छन् । गुलमोहरका राता फूलहरूले जोकोहीलाई पनि लोभ्याउँछन् । फोटो खिच्नेहरूको भीड लागिरहन्छ ।
फूलसँग बिहान सबेरैदेखि बेलुका अबेरसम्म फोटो खिच्नेहरूको घुइँचो लाग्छ । चैत–वैशाखमा ढकमक्क फुल्ने गुलमोहरले सडक र सहरको सुन्दरता थप्छ ।