कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुरु भयो ताप्लेजुङ पर्यटन महोत्सव [तस्बिरहरु]

आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङमा ‘ताप्लेजुङ पर्यटन महोत्सव-२०८१’ सुरु भएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव ७ गतेसम्म चल्ने छ ।

महोत्सव संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फेले उद्घाटन गरे । महोत्सवमा खाद्य परिकार, औद्योगिक प्रदर्शन, चौंरी तथा याक प्रदर्शन, खुला तथा महिला हाफ म्याराथन प्रतियोगिता, अन्तरपालिकास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिता, डोको तथा टपरी बुन्ने प्रतियोगिता, डोको क्यारी रन, अन्तरपालिका विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितलगायतका कार्यक्रम रहेको प्रचार विभाग सदस्य खगेन्द्र अधिकारीले जानकारी दिए ।

स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा हरेक साँझ साँस्कृतिक तथा सांगीतिक कार्यक्रम हुने उनले जानकारी दिए । मूल आयोजक समितिका सदस्यसचिव देवराज गुरुङका अनुसार ७ गते बिहान सदरमुकाम फुङलिङदेखि पाथीभरा र सदरमुकामसम्म म्याराथन प्रतियोगितासँगै समापन गर्ने कार्यक्रम छ ।

महोत्सवका लागि सदरमुकामवासीले नगर सजावट गरेर झकीझकाउ बनाएका छन् । हरेक घरले आफ्नो प्रांगणमा ध्वजापताका टांगेका छन् भने घरको अगाडि घडा राखिदिएका छन् । महोत्वसमा करिब ८० लाख रुपैयाँ खर्च हुने आयोजक समितिको अनुमान छ ।

प्रकाशित : जेष्ठ ३, २०८१ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्