कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

न्वागीको उल्लास [तस्बिरहरु]

हरिराम उप्रेती

गोरखा — केराको पात, माछा, धान लगायतको पाखोबारीमा भएका उब्जनी सामुन्ने राखेर विशाल चेपाङले न्वागी फलाके । गण्डकी गाउँपालिका–६ भुम्लीचोकमा विशालले न्वागी फलाक्दा छिमेकी र अन्य समुदायबाट कार्यक्रममा सहभागीहरु समेत चाख मानेर हेर्दै थिए ।

नयाँ बाली भित्र्याउने बेला पितृलाई बुझाउने र अन्न फलाउने भूमिलाई पनि पुज्ने प्रचलन रहेको उनले बताए । न्वागीको महत्व चेपाङ समुदायमा छुट्टै रहेको उनको भनाइ छ । ‘घैया धान, घिरौला र चिचिण्डा खाने बेला पितृलाई नबुझाई खाँदैनौं,’ उनले भने ।

नेपाल चेपाङ संघ केन्द्रीय कार्यकारणी समितिको आयोजनामा चेपाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व न्वागी(छोनाम) यस वर्ष तोमनडाँडाामा मनाइएको हो । यस वर्षको न्वागी फलाकेपछि अब नयाँ अन्न खाने गरिन्छ । गोरखाको शहीद लखन गाउँपालिका र गण्डकी गाउँपालिकामा चेपाङ समुदायको बसोबास रहेको छ ।

शहीद लखन–४ ताक्लुङ, गण्डकीको ताङलीचोक, मकैसिङ, भुम्लीचोक, घ्याल्चोकमा बसोबास गर्ने चेपाङ समुदायले शनिबार न्वागी मनाएका हुन् । सामूहिक रुपमा भोज खाने, नाचगान गर्ने तथा आफन्तसँग भेटघाट गर्ने अवसरको रुपमा पनि यो पर्वलाई लिइन्छ । परम्परागत पोसाक कछाड, स्टकोट, गुन्यूचोलीमा सजिएर सिमान्तकृत चेपाङ समुदायले भेषभुषाको प्रदर्शनीसमेत गरे । चेपाङ समुदायको ‘न्वागी’ मुख्य पर्व हो ।

प्रकाशित : भाद्र २२, २०८१ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्