कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सहकारी मन्त्रीको राजीनामा माग्दै पुत्ला दहन [तस्बिर]

तस्बिर : सफलप्रकाश श्रेष्ठ

काठमाडौँ — सहकारीपीडितहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको राजीनामा माग्दै पुत्लादहन गरेका छन् । बिहीबार साँझ काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा प्रदर्शनमा उत्रिएका पीडितहरूले मन्त्री अधिकारीले सहकारीपीडितहरूको आन्दोलनका विषयमा गलत अभिव्यक्ति दिएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरे ।

मन्त्री अधिकारीले बुधबार मात्रै हाल आन्दोलनमा रहेकाहरू बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरु भएको आरोप लगाएका थिए ।

प्रकाशित : भाद्र २०, २०८१ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्