कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

एक चक्के साइकल चलाएर २५ किमि यात्रा [तस्बिरहरू]

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिकाको दलदलहाका १८ वर्षे राहुल गिरी एउटा चक्का भएको साइकल चलाएर बुद्धस्थल निग्रोधारामबाट बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । बुद्धस्थल निग्रोधारामबाट शनिबार बिहान ८ बजे यात्रा थालेका उनी ४ घण्टामा लुम्बिनी पुगेका हुन् ।

उनले एउटा चक्काको साइकल चलाउँदै २५ किमि यात्रा गरेका हुन् । विश्व शान्तिको कामना गर्दै नयाँ काम गर्ने र नयाँ रेकर्ड बनाउने रुचिले आफू उत्साहित भई एक चक्के टायरको भरमा साइकल चलाएर लामो दूरीको यात्रा गरेको उनले बताए ।


प्रकाशित : भाद्र २२, २०८१ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्