जिम्बाल खलक भएर पनि कृष्णबहादुर थापाको घरको वातावरण भने फरक थियो । किनभने, उनको परिवारमा महिला पनि सचेत र नेतृत्वदायी भूमिकामा हुन्थे । उनकी बुहारी अम्बिका त झन् राजनीतिक प्राणी थिइन् जसको मा...
नारी नेतृत्वको सरकार कस्तो हुन्छ ? यो प्रश्न कसैले सोधे सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालको जवाफ हुनेछ, ‘हेर्न आउनुस् ।’ उनलाई लाग्छ, स्वभावैले महिलाहरूमा मितव्ययी हुने र आमाले जस्तै सबैलाई समेटेर लैजान सक्ने क्षमता हुन्छ । भन्छिन्, ‘सुशासन कायम गर्न महिला नेतृत्व प्रभावकारी उपाय हो ।’
तीन वर्ष हुँदा आमा र १२ वर्षको उमेरमा बाबुलाई गुमाएकी रीताकुमारी शाहीको बाल्यकाल अभिभावकको माया र स्नेहको अभावमै बित्यो । दुःखका अनेक घुम्ती छिचोल्दै उनको बाल्यकाल र किशोरकाल कट्यो । ‘त्यो बेला सधैं दुःख, साँझ–बिहान सधैं घाँस–दाउरा गर्नुपर्ने,’ ०३२ साल फागुनमा जन्मिएकी उनले भनिन्, ‘सल्लाको दियालो बालेर पढ्थ्यौं, विद्यालय त गइन्थ्यो । तर घरको कामले होमवर्क गर्न र घरमा पढ्न कहिल्यै नपाइने ।’
२०३९ सालमा मुलुककै पहिलो महिला जिल्ला सभापति बनेर ओमुटेम्पु लामाले मकवानपुरमा आफ्नो इतिहास रचेकी थिइन् । विकास निर्माणको केन्द्र मानिने जिल्ला पञ्चायतको नेतृत्व महिलाले गरेको विषय धेरैका निम्ति नौलो थियो । त्यही इतिहास पछ्याए जसरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि हेटौंडा उपमहानगरपालिकाकी मेयर भइन्, मीनाकुमारी लामा । देशका ११ उपमहानगरमध्ये महिलाको नेतृत्वमा रहेको यो एक मात्र उपमहानगर हो ।
पछिल्लो राष्ट्रिय जनगणनाले भन्छ कर्णालीमा पुरुषभन्दा महिलाको संख्या बढी छ । तर, सिंगो कर्णालीमा नगरपालिका प्रमुख एक जना मात्रै महिला छिन् । संख्यामा बढी भएर पनि निर्वाचनमा सबभन्दा कम हुने दुर्लभ संयोग यसपालिको स्थानीय चुनावले मोहनमाया ढकालका लागि जुराएको हो जो हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर छिन् ।
माओवादी केन्द्र वाग्मती प्रदेश सचिवालय सदस्यसमेत रहेकी रेणुका जनताको मन जित्ने गरी काम गरिरहेकी छन् भ्रेमा १३ पालिकामध्ये चौंरीदेउराली गाउँपालिकाको नेतृत्व मात्रै महिलाको काँधमा छ । ०६४ सालमा नेकपा माओवादीका तर्फबाट समानुपातिकतर्फ संविधानसभा सदस्य रहेकी रेणुका चौलागाईंले १० महिनायता पालिकाको नेतृत्व सम्हालिरहेकी छन् ।
आम नेपाली महिलाको जीवन विवाहपछि चुलोचौको गर्दैमा र बालबच्चा हुर्काउँदैमा बित्छ । त्यसैले करिअर रोज्ने कि परिवार भन्ने एउटा दुविधा पुरुषका तुलनामा महिलामा हमेशा बढी छ । विवाहले देखिने/नदेखिने अनेक सीमाहरू कोरिदिने र सामाजिक तथा सांस्कृतिक कर्तव्यका विविध दायित्वका सिर्जना गरिदिने हुँदा यसलाई बन्धन भनिएको हुँदो हो । तर, रोल्पाको डुवारिङमा जन्मेहुर्केकी दीपा बोहोरा दाहालको जीवन भने विवाहपछि झन् बढी फैलिन पुग्यो ।
अछामको साविक कालिकास्थान गाविसका कुच्ची गाउँका ध्वजबहादुर चलाउने बन्डाली देवताका धामी थिए । त्यसैले उनलाई चोखोनितो बस्नुपर्ने, बाहिरफेर खानपिन गर्न नमिल्ने नियममा बाँधिनुपरेको थियो । उनका दौंतरीहरू कमाउन इन्डिया जान्थे । तर उनलाई धामी भएकै कारण घरबाहिरको यात्रामा बन्देज थियो । कतै गइहाले पनि आफैं पकाएर खानुपर्ने र नित्य पूजापाठ गर्नुपर्ने झन्झट बेहोर्नुपर्थ्यो ।
ग्रामीण महिलाका दुःख के हुन् ? फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारसँग एकै वाक्यमा यसको जवाफ छैन । किनभने, महिलालाई अल्झाइराख्ने सामाजिक र सांस्कृतिक परिवेशले अनेक उल्झनहरू खडा गरिदिएका छन् । यसलाई हटाउन स्थानीय सरकारको प्रमुखका हैसियतले उनी अहिले अनेक नयाँ योजनाहरूको तर्जुमा र त्यसको कार्यान्वयनमा लागि परिरहेकी छन् । ग्रामीण जीवनका दुःख हटाउने उत्प्रेरणा उनलाई आफ्नै भोगाइ र अनुभवले पनि दिएको छ ।
०७४ को स्थानीय तह निर्वाचनमा माओवादी (केन्द्र) ले रौतहटको मौलापुर नगरपालिका प्रमुखमा रिनादेवी साहलाई उम्मेदवार बनाएपछि धेरैको मनमा साझा शंका थियो, ‘महिलाले कसरी नगर हाँक्न सक्छन् ?’ यस्तो शंका सामान्य मान्छेको मनमा मात्रै उब्जेको थिएन ।
‘एक लाखको योजनामा ४० हजारको काम गरेर विकास हुन्छ ? उपभोक्ता पनि तपाईंहरू, काम पनि तपाईंहरूकै । आफ्नै गाउँठाउँको विकास योजनामा पालिकाले दिएको बजेटको मात्र सदुपयोग भयो भने पनि पाँच वर्षमा धेरै परिवर्तन हुन सक्छ ।’ लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला शाही विभिन्न वडाबाट समस्या लिएर आएका ३ समूहसँग छलफलका क्रममा भन्दै थिइन् ।
६२ वर्षको उमेरमा पनि तन्नेरीको जस्तै जोस–जाँगर छ, ईशनाथ नगरपालिकाकी मेयर कौशल्या देवीको । लामो समय कांग्रेसमा रहेर राजनीति गरेकी कौशल्या गत स्थानीय निर्वाचनमा पार्टीले टिकट नदिएपछि दल बदलेर तमलोपाबाट नगरमा उठिन् र विजयी पनि भइन् ।
सप्तरीको सुरुंगा नगरपालिकाले लिएको एउटा निर्णयले धेरैलाई अचम्ममा पारिदियो । नपारोस् पनि किन, नगरपालिकाले आफूलाई मधेस प्रदेशमै पहिलो बालविवाहमुक्त पालिका घोषणा गर्दै सार्वजनिक सूचना प्रकाशन गरेर भन्यो, ‘अब नगरभित्र हुने विवाहअघि वडाको स्वीकृति लिनुपर्छ र विवाह कार्डमा जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्छ ।’
समुन्नत र सभ्य समाजको आधारभूत पहिचान हो, लैंगिक समानता । सिलसिलेवार रूपमा नेपालमा भएका राजनीतिक आन्दोलनको निचोड २०७२ को संविधानलाई मान्ने हो भने त्यसको मुख्य विशेषता हो, लैंगिक समानता, जसले राज्यका हरेक तह र तप्कामा महिला नेतृत्व अनिवार्य गरेको छ ।
सर्लाहीकी कल्पनाकुमारी कटुवालले झन्डै तीन दशकको शिक्षण पेसालाई अवकाश अवधिअगावै चटक्कै छाड्नुपर्ला भन्ने सोचेकी थिइनन् । संघीयताको अभ्याससँगै ०७४ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनमा उनलाई सर्लाहीकै बरहथवा नगरपालिकामा मेयरको उम्मेदवार उठ्ने अवसर जुर्यो । उनी चुनाव उठिन्, पराजय भोगिन् ।
खोटाङका दानबहादुर राई लामै समय च्यास्मिटार गाउँ पञ्चायतको प्रधानपञ्च भए । उनको राजनीतिक जीवन छोराछोरीका लागि एक सुविचारित मार्ग हुन पुग्यो । दानबादुरका जेठा छोरा देवेन्द्र, काइँलो तुलसी र छोरी विमला बाबुकै बाटो पछ्याएर राजनीतिक रूपले सक्रिय भए । देवेन्द्र जिल्ला विकास समिति खोटाङका क्षेत्रीय सदस्य (क्षेत्रपाल) तथा कांग्रेस जिल्ला उपसभापतिसम्म भए । उनका भाइ तुलसी नेपाल विद्यार्थी संघमा रहेर सक्रिय राजनीतिमा लागे । यही राजनीतिक परिवारकी विमला अहिले हलेसी तुवाचुङ नगरपालिकाको मेयर छिन् ।
मीनादेवी कार्की बस्नेत लिखुपिके गाउँपालिकाको मात्रै नभएर सोलुखुम्बुकै पहिलो पालिका प्रमुख हुन् । रामेछाप र ओखलढुंगाको सिमाना छोएको यो विकट गाउँपालिकाको नेतृत्वमा उनी सानो संघर्षले आइपुगेकी होइनन् ।