देशभर तापक्रम बढिरहेका बेला विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि गर्मीले जनजीवन कष्टकर हुन थालेको छ । प्रायः चिसो भइरहने नाम्चे बजारमा एक सातादेखि असह्य गर्मी महसुस गरिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि अघिल्ला वर्षहरूभन्दा गर्मी महसुस हुन थालेको छ । एक सातायता सगरमाथाको काख नाम्चे बजारमा गर्मी बढेको हो । १२ वर्षअघि यस्तै गर्मी बढेको स्थानीयहरू बताउँछन् ।
संखुवासभाको मकालु गाउँपालिका–१ वालुङमा जन्मिएका हुन् निमा रिन्जी शेर्पा । कलिलै उमेरका उनी पछिल्लो समय चर्चामा छन् । कारण, केही दिनअघि उनले १० घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्सो हिमाल आरोहण गर्ने विश्वकै कान्छो आरोहीका रूपमा विश्व कीर्तिमान कायम गरेका हुन् ।
सर्वोच्च शिखर सगरमाथातर्फ बुधबार बिहान उक्लिरहेका आरोहीको लस्कर (हेलिकोप्टरबाट लिइएको तस्बिर) । बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन् । एकैदिन सगरमाथामा धेरै जनाले भने सन् २०१९ को मे २३ मा आरोहण गरेका थिए । उक्त दिन ३५४ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा वसन्त ऋतुको पहिलो सफल आरोहण गरिएको छ । आइतबार बिहान पौने ९ बजे ३ विदेशी र ३ नेपाली गरी ६ जना आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेकेसँगै यो सिजनको आरोहण सुरु भएको हो ।
खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेको काम सल्लेरी जिरो प्वइन्टबाटै गर्ने गरी २ स्थानीय सरकारले सहमति जुटाएका छन् । सोलु दूधकुण्ड नगरपालिका र माप्यदूधकोशी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिबीच सदरमुकाम सल्लेरीमा भएको द्विपक्षीय बैठकमा निर्वाचन क्षेत्र रणनीतिक सडकको कालोपत्रे गर्ने काम सल्लेरीबाटै सुरु गर्ने निर्णय भएको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गरेका छन् । शुक्रबार बुद्ध जयन्तीका अवसरमा राजदूत श्रीवास्तवले जिल्लाको महाकुलुङ गाउँपालिका–१ बुङस्थित खिरौलामा ध्यान केन्द्र (मेडिटेशन सेन्टर) र गुम्बाको शिलान्यास गरेका हुन् ।
निरन्तरको हिमपातले वसन्तयामको हिमाल आरोहण प्रभावित बनेको छ । हिमाल आरोहणको सिजन सुरु भए पनि बेमौसममा हिमपात हुँदा आरोहण अवरुद्ध हुन पुगेको हो । ७० वर्षको इतिहासमा सबैभन्दा बढीले सगरमाथा आरोहणको अनुमति लिए पनि मौसम प्रतिकूल हुँदा उनीहरू आधारशिविरमै रोकिएका छन् ।
निरन्तर हिमपातका कारण बसन्तयामको हिमाल आरोहण प्रभावित भएको छ । हिमाल आरोहणको सिजन सुरु भए पनि बेमौसममा हिमपात हुँदा आरोहण हुन नसकेको हो । ७० वर्षको इतिहासमा सबैभन्दा बढी आरोहीले सगरमाथा आरोहणको अनुमति लिए पनि मौसम प्रतिकूल हुँदा आरोहीहरु आधार शिविरमै रोकिएका छन् ।