अस्पताल नबनाएको विरोधमा ओखलढुंगाको टोक्सेलमा 'नो भोट'

७०१ मतदाता रहेको टोक्सेल केन्द्रमा प्रादेशिक अस्पताल बनाउने काम सुरू नगरेको विरोधमा कोही पनि भोट हाल्न गएनन्

फाल्गुन २१, २०८२

भानुभक्त निरौला

'No vote' in Toxel, Okhaldhunga in protest against not building a hospital

सोलुखुम्बु — प्रदेश सरकारले अस्पताल नबनाएको विरोधमा ओखलढुंगाको एक मतदान केन्द्रमा मतदाताहरूले नो भोट गरेका छन् ।

मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल मतदान केन्द्रमा बिहीबार सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ कुनै मत नखसेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । प्रजिअ मंग्रातीका अनुसार मतदान गर्न गएका कर्मचारीले भने समानुपातिकतर्फ मत खसालेका थिए ।

७०१ मतदाता रहेको उक्त केन्द्रमा प्रादेशिक अस्पताल बनाउने काम सुरू नगरेकोमा विरोध गरेर कोही पनि भोट हाल्न नगएको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । 

'No vote' in Toxel, Okhaldhunga in protest against not building a hospital

प्रदेश सरकारले अस्पताल बनाउनका लागि जग्गा व्यवस्थापनको माग गरेपछि स्थानीयले १६५ रोपनी जग्गा उपलब्ध गराएका थिए । तर प्रदेश सरकारले भने वार्षिक २०–२५ लाखको हाराहारीमा मात्रै बजेट पठाएर अस्पताल बनाउने काम सुरू नगरेकाले स्थानीयले मतदान बहिष्कार गरेर विरोध जनाएका हुन् ।

यसअघि स्थानीय राजनैतिक दलहरुले पनि प्रदेश सरकारलाई दबाब दिएर माग पूरा नभए 'नो भोटिङ'मा जाने चेतावनी दिएका थिए । तर स्थानीयको मागलाई बेवास्ता गरेका कारण समस्या उत्पन्न भएको पालिका अध्यक्ष रुम्दालीले बताए ।

भानुभक्त

Link copied successfully