मोरङमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना फरक–फरक स्थानमा गर्ने व्यवस्था मिलाइएको छ ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Initial estimate is that 65 percent of the votes were cast in Morang.

विराटनगर — मोरङमा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार सबै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याएपछि आजै रातिबाट मतगणना सुरू गर्ने तयारी गरिएको छ ।

मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना फरक–फरक स्थानमा गर्ने व्यवस्था मिलाइएको छ । क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालय, उर्लाबारीमा हुनेछ भने क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर, सिजुवामा हुनेछ । त्यसैगरी क्षेत्र नम्बर ३ को भगवती माध्यमिक विद्यालय, बेलबारीमा मतगणना गरिनेछ ।

क्षेत्र नम्बर ४ को जनता नमुना माध्यमिक विद्यालय, विराटनगर, क्षेत्र नम्बर ५ को सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय, विराटनगर र क्षेत्र नम्बर ६ को आदर्श माध्यमिक विद्यालय, विराटनगरमा मतगणना गर्ने तयारी गरिएको छ ।

कान्तिपुर

Link copied successfully