चारवटा निर्वाचन क्षेत्र रहेको यहाँ कुल ४ लाख ४६ हजार ४०२ मतदाता छन् भने यसपटक प्रतिनिधिसभा सदस्यका लागि १०२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
राजविराज — सप्तरीमा ५५ प्रतिशतभन्दा बढी मत खसेको छ । बिहान ७ बजदेखि सुरु भएको मतदान उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
दिउँसो ५ बजेसम्ममा ५५.३४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले बताए ।
उनका अनुसार थप खसेको मतको विवरण संकलन कार्य भइरहेको छ । अहिलेसम्मको विवरणअनुसार यहाँ १ लाख ३३ हजार १६५ महिला, १ लाख १२ हजार ४३८ पुरुष र ३ जना अन्य गरी कुल २ लाख ४५ लाख ६०६ जनाले मतदान गरेका छन् ।
चारवटा निर्वाचन क्षेत्र रहेको यहाँ कुल ४ लाख ४६ हजार ४०२ मतदाता छन् भने यसपटक प्रतिनिधिसभा सदस्यका लागि १०२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।