१ सय १८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडक खण्डका विभिन्न १३ स्थानमा पुल निर्माणका लागि भेरी करिडोर आयोजना कार्यालयले ठेक्का आह्वान गरेको छ।
जाजरकोट, रुकुम पश्चिम र डोल्पाका पाँच स्थानमा ह्युमपाइप राखेपछि बर्खामै डोल्पासम्म सिधा यातायात सञ्चालन भइरहेको छ।
जाजरकोटको तल्लुबगरदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नतिको सम्झौता भएको करिब एक वर्ष बित्न लाग्दा पनि उल्लेख्य प्रगति गर्न नसक्दा आयोजना कार्यालयले ठेक्का तोड्नेसम्मको चेतावनी दिएको छ।
बिरामीको उपचारमा सधैं खटिने नर्स सविता बोहोरालाई जटिल प्रसूति देखिएपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।
प्रभावित परिवारलाई हाल आफन्तका घरमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको छ।
दुर्घटनामा परी त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी ३८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जगदुल्ला गाउँपालिका–४ मा दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी टोली उद्धारका लागि खटिएको छ ।
आइतबार बिहान धुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी गाउँमा पसेपछि ६ जना घाइते भएका थिए।
घटनामा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बाढीले हालसम्म १० वटा घरमा क्षति पुर्याएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार १० घरमा क्षति पुगेको छ। थप विवरण संकलन गर्नका लागि जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली आज बिहानै घटनास्थलतर्फ खटाइएको डीएसपी गिरीले बताए।