जगदुल्ला गाउँपालिका–४ मा दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी टोली उद्धारका लागि खटिएको छ ।
डोल्पा — डोल्पाको जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको जिप आइतबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा केही यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीका अनुसार दिउँसो १ः४० बजे जगदुल्ला गाउँपालिका–४ मा दुर्घटना भएको हो । प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको उनले बताए।
मृतकको पहिचान तथा घाइतेको अवस्था सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।
जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आएको बाढीमा परी आज बिहान एक महिलाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् ।
