डोल्पा जगदुल्ला बाढी : एकको मृत्यु, उद्धार र राहतमा तीनवटै सुरक्षा निकाय परिचालन

घटनामा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बाढीले हालसम्म १० वटा घरमा क्षति पुर्‍याएको पुष्टि भएको छ ।

असार २१, २०८३

रामचन्द्र न्यौपाने

Dolpa Jagdulla flood: One dead, all three security agencies mobilized for rescue and relief

डोल्पा — हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान आएको बाढीमा राहत तथा उद्वारकार्यलाई तीव्रता दिन तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ ।

जिल्ला स्थित प्रहरी, सशस्त्र प्रहरी र सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन् । उनका अनुसार परिचालित सुरक्षाकर्मीकाे टाेलीले थप विवरण संकलन सँगै उद्धारकार्य गरिरहेकाे छ ।

'जिल्ला सुरक्षाकर्मीकाे बैठक बसिरहेको छ । अहिले स्थानीय पालिका आफैले राहत वितरण गर्ने जनाएको छ । पालिकासँग समन्वय गरेर राहत वितरण, पुन:स्थापनाका काम गर्नेबारे छलफल भएको छ,' उनले भनिन् ।

बाढीमा परी घरमै सुतिरहेकी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

मृत्युु हुनेमा ५६ वर्षीया आनन्दी विक रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । घरमै सुतिरहेकी विक बाढीमा परेपछि घाइते भएकी थिइन् । उनलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले बताए। बाढीमा परी ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक घाइते भएका छन्। 

Dolpa Jagdulla flood: One dead, all three security agencies mobilized for rescue and relief

उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये रेउली विकको तल्लो शरिरमा चाेट लागि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लैेजाने वा जुम्ला लैजाने विषयमा छलफल स्थानीयले जनाएका छन् ।

प्रहरीका अनुसार बाढीले हालसम्म १० वटा घरमा क्षति पुर्‍याएको पुष्टि भएको छ। सहकारी भवन, खाद्य गोदाम, व्यक्तिगत घर, पसल तथा होटलहरूमा पनि क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र अन्य घरहरूमा पनि विभिन्न स्तरको क्षति पुगेको जनाइएको छ।

Dolpa Jagdulla flood: One dead, all three security agencies mobilized for rescue and relief

घटनापछि राहत तथा उद्धार कार्यलाई तीव्र पार्न जिल्लास्थित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली प्रभावित क्षेत्रमा खटिएका छन्। क्षतिको यकिन विवरण संकलन गर्ने काम जारी रहेको छ।

थप विवरण संकलन तथा घटनाको स्थलगत अध्ययनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरीको टोली आइतबार बिहानै घटनास्थलतर्फ पठाइएको डिएसपी गिरीले बताए ।

Dolpa Jagdulla flood: One dead, all three security agencies mobilized for rescue and relief

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully