दुर्घटनामा परी त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी ३८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
डोल्पा — डोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार अपराह्न १:४० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको जिप जगदुल्ला–५ मौरेलेख क्षेत्रमा सडकबाट करिब २०–२५ मिटर तल खसेको हो । दुर्घटनामा परी त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी ३८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा चालकसहित १२ जना सवार रहेका थिए । चालकसहित ११ जना घाइते भएका छन् । घाइतेहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अनिलराज गिरीले बताए ।
