सुर्खेतमा करिब ५४ प्रतिशत मत खस्यो

जिल्लाको क्षेत्र नम्बर १ मा ६५ हजार ३७१ मत खसेकोमा क्षेत्र नम्बर २ मा ७१ हजार ३४५ मत खसेको हो । जिल्लामा दुई लाख ४८ हजार ९४३ मतदाता थिए ।

फाल्गुन २१, २०८२

तृप्ति शाही

About 54 percent of the votes were cast in Surkhet.

वीरेन्द्रनगर — सुर्खेतमा करिब ५४ प्रतिशत मत खसेको छ । जिल्लाको क्षेत्र नम्बर १ मा ६५ हजार ३७१ मत खसेकोमा क्षेत्र नम्बर २ मा ७१ हजार ३४५ मत खसेको हो । जिल्लामा दुई लाख ४८ हजार ९४३ मतदाता थिए ।

जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई अस्थायीसहित २ सय ४२ मतदानस्थल छन् भने ३ अस्थायीसहित ३ सय ५ मतदान केन्द्र छन्  ।

मतदान सम्पन्न पछि जिल्लामा मतपेटिका ढुवानीको कार्य चलिरहेको छ । कर्णाली प्रदेशभर अहिलेसम्म करिब ५२ प्रतिशत मत खसेको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully