उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन्।
सोलुखुम्बु — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सोलुखुम्बुबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की विजयी भएका छन्।
अन्तिम मतगणनाको परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन्। कार्कीले राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।
यसैगरी नेकपा (एमाले) की उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले ३ हजार ६४२ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका बी.एस. राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन्।
त्यस्तै उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८ मत, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ मत र आम जनता पार्टीका गुणराज एफ. भट्टराईले ४२ मत प्राप्त गरेका छन्।
