सेयर निष्कासनमा विभेद गरेको भन्दै ५ वडाका अध्यक्षद्वारा बेनी हाइड्रोमा तालाबन्दी

१९ दशमलब ८ मेगावाट क्षमताको बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले अतिप्रभावितका लागि निष्कासन गरेको १० प्रतिशत सेयरमा विभेद भएको भन्दै वडाध्यक्षहरुले नै आयोजनामा तालाबन्दी गरेका हुन् ।

फाल्गुन २९, २०८२

भानुभक्त निरौला

5 ward chairmen lock down Beni Hydro, alleging discrimination in share issuance

सोलुखुम्बु — सोलुदुधकुण्ड नगरपालिका-२ मा संचालित बेनी जलविद्युत् आयोजनाले सेयर निष्काशनमा विभेद गरेको भन्दै नगरपालिकाकै ५ वटा वडाका अध्यक्षहरुले आयोजनाको पावर हाउसमा तालाबन्दी गरेका छन् ।

१९ दशमलब ८ मेगावाट क्षमताको बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले अतिप्रभावितका लागि निष्कासन गरेको १० प्रतिशत शेयरमा विभेद भएको भन्दै वडाध्यक्षहरुले नै आयोजनामा तालाबन्दी गरेका हुन् ।

आयोजनाले वडा २, ३ र ४ लाई मात्रै अतिप्रभावितमा समेटेको तर नजिकका वडा तथा प्रसारण लाइन टाँगिएका वडाहरुलाई उपेक्षा गरेको भन्दै वडा १, ५, ६, ७ र ११ का वडाध्यक्षहरु आन्दोलित भएका हुन् ।

यसअघि नगरपालिका, आयोजना र स्थानीय प्रशासनसँग माग राख्दा समेत बेवास्ता भएको भन्दै वडा १ का प्रतिनिधि, ५ नम्बर वडाध्यक्ष मिङ्मार तामाङ, ६ नम्बर वडा अध्यक्ष फुर्वाग्याल्जेन शेर्पा, ७ नम्बर वडाध्यक्ष सोनामग्याल्जेन शेर्पा र ११ नम्बर वडाध्यक्ष टंक कार्कीले वडा ३ मा बोल्दोमा रहेको आयोजनाको पावर हाउसमा तालाबन्दी गरेका हुन् ।

आयोजनाले २० प्रतिशत साधारण शेयर तथा १० प्रतिशत अर्थात १ करोड ४० लाख रकम बराबरको अतिप्रभावितका लागि शेयर निष्कासन गरेको छ । 

भानुभक्त

Link copied successfully