एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ८५ हजार ५ सय १५ मतदाता रहेकोमा ४१ हजार ४ सय १ मत खसेको हो ।
सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुमा बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा ४८ प्रतिशत मत खसेको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ८५ हजार ५ सय १५ मतदाता रहेकोमा ४१ हजार ४ सय १ मत खसेको हो । मतदान गर्नेहरुमा पुरुष २१ हजार ५ सय ९० छन भने महिला १९ हजार ८ सय ११ रहेका छन् ।
आठ स्थानीय तह रहेको यस जिल्लामा १ सय ३९ मतदान केन्द्र न् । मतदान सकिएसँगै माथिल्लो हिमाली क्षेत्रका केन्द्रहरुबाट शुक्रबार बिहान हेलिकप्टरबाट र तल्लो क्षेत्रका सडक मार्ग मार्फत मतपेटिका सदरमुकाम सल्लेरी ल्याइने प्रमुख निर्वाचन अधिकृत चन्द्रकुमार पोख्रेलले जानकारी दिए ।
