डीआर पन्त

तामाका भाँडाले पाएन बजार

तामाका भाँडावर्तन बनाउने पुर्ख्यौली पेसालाई उनका बुवाले जेनतेन धानेका थिए । अमरगढी नगरपालिका–६, छचोडाका हरि ताम्राकारले भने यसलाई निरन्तरता दिन सकेनन् । उनले तामाका भाँडा बनाउन छाडेको ६ वर्ष भयो । हरि मात्रै होइन छचोडाका एक सय बढी परिवारले पनि आफ्नो पुर्ख्यौली पेसा छोडिसकेका छन् ।

महाभारतवासीलाई खानेपानी

सतमूला नदी हुँदै उकालो चढेपछि महाभारत क्षेत्रको बीचमा रहेको समथर फाँटमा छ सुटिल गाउँ । सेतो कमेरोले पोतेका घर । हरेक घरका आँगनमा स–साना पानी पोखरी । गाउँभरिमा प्रत्येक तीन घरलाई लक्षित गरेर बनाइएका खानेपानीका धारा । सरसफाइ गर्दा खेर जाने पानीलाई पोखरीमा जम्मा गरेर तरकारीबारीमा सिँचाइ गर्ने प्रणाली । डडेलधुराको दुर्गम भए पनि सरसफाइ र पानीको उचित व्यवस्थापनले व्यवस्थित वस्तीजस्तो बनेको छ भागेश्वर–४ स्थित सुटिल गाउँ ।

६० प्रतिशतले घट्यो मह उत्पादन

वार्षिक दुई लाख रुपैयाँ बढीको मह बिक्री गर्दै आएकोमा यस वर्ष २० हजार रुपैयाँ पनि आम्दानी भएन । डडेलधुराको आलीतालका मनिराम गिरीले एक सयभन्दा बढी मौरीघारबाट क्षमताको एक चौथाइ पनि मह उत्पादन नभएको बताए । गिरीले जस्तै यहाँका अधिकांश मौरीपालक कृषकले यस वर्ष महको उत्पादन घटेको गुनासो गरे ।

खेती प्रणाली नसुध्रिँदा उत्पादन घट्यो

पाँच वर्षदेखि गोलभेंडा खेती गर्दै आएकोमा यस वर्ष उल्लेख्य फल लागेन । हरेक वर्ष दुई लाख रुपैयाँसम्मको गोलभेंडा बिक्री गर्ने डडेलधुरा भागेश्वर गाउँपालिका–४ का दानबहादुर टेरको दुई रोपनी जग्गामा दुई क्विन्टल पनि फलेन । उनको बारीमा मात्र होइन, गाउँका अधिकांश कृषकले लगाएको गोलभेंडाका बिरुवामा राम्रो फसल लागेन ।

महाकाली तर्न ट्युबकै भर 

जयबहादुर दैनिक ट्युबमा महाकाली तराउने काम गर्छन् । युवा अवस्थादेखि नै उनले महाकालीमा ट्युबबाट वारिपारि गराउने काम सुरु गरेका हुन् । वर्षातका दुई महिनाबाहेक उनको हरेक दिन प्रायः महाकालीमै बित्छ । 

डीआर पन्तका लेखहरु :

मोटो चामल ९ सयले महँगियो

गत वर्ष प्रतिक्विन्टल ३२ सय रुपैयाँमा पाइने मोटो चामलको मूल्य यस वर्ष ४१ सय पुगेको छ । सुदूरपश्चिमको पहाडी जिल्लाका ग्रामिण क्षेत्रमा अत्यधिक खपत हुने मोटो चामल गत वर्षको तुलनामा प्रतिक्विन्टलमा नौ सयले महँगिएको हो । 

काँटछाँटको निहुँमा फँडानी

डडेलधुरा सदरमुकाम क्षेत्रको प्रमुख आकर्षण हो ऋषिखोला सामुदायिक वन र डोटी घटाल पारिको महाभारत वन क्षेत्र । पहिलो पटक डडेलधुरा पुग्ने धेरैले यी दुवै वन क्षेत्र देखेर प्रशंसा गर्छन् । डडेलधुरा बजारको चारैतिर फैलिएको हरियाली र घना जंगलले सवैलाई मोहित तुल्याउँछ । तर पछिल्लो समय दुवै वन क्षेत्रमा व्यापक फँडानी भइरहेको छ । वर्षौं लगाएर संरक्षण भएको जंगलमा हुर्कन थालेका पोथ्रा र बुट्यानसमेत काटिएको छ ।

दलितभित्रै जातीय विभेद

ढाँटेर सार्कीको छोरी विवाह गरेको आरोपमा दमाई थरका रामबहादुर सामाजिक अपहेलनामा परे । गाउँ बाहिर घर बनाएर बस्नु पर्‍यो । घोषित रूपमा बहिष्कार नगरे पनि बुढापाका राम्ररी बोल्दैनन् । डडेलधुराको भागेश्वर–४ को सार्की टोलमा बस्ने उनी पछिल्लो समय उनी एक्लिएका मात्रै छैनन्, आफन्तकै ‘अघोषित’ बहिष्कारमा परेका छन् । श्रीमतीको नाम मुक्त हलियामा भएकाले पाएको सरकारी रकमले गाउँ बाहिर घडेरी किनेर घर बनाएका छन् ।

सरकारी विद्यालय : पूर्वाधार सुध्रियो, शैक्षिक गुणस्तर ‘उस्तै’

फुसको छानाका ठाउँमा चिटिक्क परेका भवन बनेका छन् । कक्षाकोठामा टुटेफुटेका डेस्क र बेन्चको सट्टा नयाँ फर्निचर राखिएका छन् । साना बालबालिकाका लागि कोठामा कार्पेट बिच्छाइएको छ । पहिलेजस्तो शौच गर्न विद्यार्थीले जंगल जानु पर्दैन । प्रायः सवै विद्यालयमा छात्रछात्राका लागि अलग्गै शौचालय बनाइएको छ । दिवा खाजाजस्ता कार्यक्रम लागू भएका छन् ।

जता जंगल उतै डोजर : महाभारत क्षेत्रको घना जंगल मासेर आठवटा सडक

डडेलधुरा गोगनका हरि नाथ ०५९ सालमा आफनो गाउँ जोडने सडक निर्माण सुरु हुँदा १७ वर्षका थिए । गोगन हुँदै अमरगढी नगरपालिकाको चिर्किट्टे पुग्ने उक्त सडकको उपभोक्ता समितिमा बस्न खोज्दा उनले उमेर नपुगेकाले पाएनन् । उनी समितिमा बस्न नपाए पनि सडक निर्माण सुरु भयो ।