सडकमा 'ट्राफिक स्वयंसेवक' नखटाउन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको आदेशलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको आदेशलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उक्त धारणा राखेका हुन् ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा समेत बोलाउने आदेश गरेको हो ।
सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार एसकेएमले ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ)ले १ सिटमा चित्त बुझाउनु परेको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुले चालु आर्थिक वर्षमा हस्तान्तरण गर्नुपर्ने समानीकरण अनुदान कटौती गरेको विरोधमा सिंहदरबारस्थित अर्थ मन्त्रालय घेराउ गरेका छन् ।
कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा जिल्ला न्यायाधिवक्ताले ३५ जनाविरुद्ध जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरेका छन् ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताएका छन् ।
साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २ हजार ८३.०४ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.६५ प्रतिशतले बढेको हो । अघिल्ला दुई कारोबार दिनमा करिब ४४ अंकले घटेको नेप्से आइतबार भने साढे १३ अंकले बढेको हो ।
कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पु्ष्पकमल दाहालको जवाफ मागेका छन् ।
सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङ विधानसभा चुनावमा पराजित भएका छन् । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार पोक्लोक-कामराङ विधानसभा क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) प्रमुखसमेत रहेका पूर्वमुख्यमन्त्री चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) का भोजराज राईसँग पराजित भएका हुन् ।