कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा उभ्याउनुले हुकुमी शासनको झल्को आयो : सांसद खतिवडा

काठमाडौँ — कांग्रेस सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा ल्याएर उभ्याउने कुराले हुकुमी शासनको झल्को आएको भन्दै तत्काल यो व्यवस्था खारेज गर्न माग गरेका छन् । 

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा उभ्याउनुले हुकुमी शासनको झल्को आयो : सांसद खतिवडा

उनले मन्त्रीको मौखिक निर्देशनका भरमा कुनै नागरिकलाई सडकमा उभ्याउने कुरा गलत भएको भन्दै यो व्यवस्था हटाउनका लागि सदनबाट रुलिङ गर्न पनि सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद खतिवडाले भने,' मुलुक हुकुमी शासनमा चल्नुपर्छ । मापसे गरेरको मान्छेलाई सडकमा उभ्याउने कुन कानुनमा छ ? फेरि हुकुमी शासन चलाउने हो ? यो विषयमा रुलिङ हुनुपर्छ ।'

गत जेठ १५ गते गणतन्त्र दिवसको दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मौखिक रुपमा ट्राफिक नियम उल्लंघन गर्नेहरूले अनिवार्य रुपमा सडकमा ट्राफिक स्वयंसेवकको रुपमा काम गर्नुपर्ने निर्देशन दिएका थिए । त्यसपछि हरेक दिन प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा परिचालन गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ २०, २०८१ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×