कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सल्यानमा हावाहुरीले चार दर्जनभन्दा बढी घरमा क्षति 

विप्लव महर्जन

सल्यान — शनिबार रातीको हावाहुरीले जिल्लाका १० स्थानीयतहमा चार दर्जन बढी विद्यालय भवन, स्वास्थ्यसंस्था, प्रहरी चौकी र स्थानीयको घरमा क्षति पुर्‍याएको छ । 

सल्यानमा हावाहुरीले चार दर्जनभन्दा बढी घरमा क्षति 

जिल्ला प्रहरी कार्यालय सल्यान र स्थानीय तहको तथ्यांकअनुसार हुरीले कालिमाटी गाउँपालिका-५ बालुवा स्थित स्वास्थ्यचौकी भवन, सिर्जनशील मावि, झिगाने, जनसेवा आधारभूत विद्यालय, खड्गदेवी आधारभूत विद्यालय, दार्माको लक्ष्मी, सिद्धार्थ आधारभूत विद्यालय, कपुरकोट गाउँपालिकामा दहवन, सरस्वती आधारभूत विद्यालय, बन्गाड कुपिण्डे नगरपालिकामा नेरामावि च्युराको भवनमा, बाग्चौर नगरपालिकाको पातिहाल्नास्थित प्रहरी पोष्ट र बाग्चौर नगरपालिका ३ चोरपानी स्थित स्वास्थ्यचौकी, अमरज्योती मावि , तीन दर्जन बढि स्थानीयको घरमा क्षति पुर्‍याएको हो ।

हुरीले भवनको छाना उडाउँदा दर्जन विद्यालयका हजार बढी बालबालिकाको पठनपाठन प्रभावित भएको छ भने दुई स्वास्थ्य सेवा सञ्चालनमा कठिनाई भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रनि भवानी प्रसाद धमलाले हावाहुरीले धेरै क्षती पुर्याएको सुन्नमा आएपनि अहिलेसम्म झन्डै दुई दर्जन स्थानीयको घर, विद्यालय, स्वास्थ्यसंस्था क्षती भएको तथ्यांक आएको र थप तथ्यांक संकलनमा प्रहरी खटिएको बताए ।

हावाहुरीले दार्मा गाउँपालिकाको सिद्धार्थ आधारभूत विद्यालयको छाना उडाएपछि । तस्बिर : कान्तिपुर


प्रकाशित : जेष्ठ २०, २०८१ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×