काठमाडौँ — सन् १९५२ मा आजकै दिन (जुन २) मा एलिजाबेथ द्वितीय बेलायतकी महारानी बनेकी थिइन् । फेब्रुअरी १९५२ मा राजा जर्ज छैटौंको निधनपछि २७ वर्षीया एलिजाबेथ बेलायतको राजगद्दीमा आरोहण गरेकी थिइन् ।
बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा ८ सेप्टेम्बर २०२२ मा निधन भएको थियो ।
उनी विश्वमै लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्छिन् । एलिजाबेथ द्वितीयको निधनपछि हाल उनका छोरा ७३ वर्षीय चार्ल्स बेलायतका राजा छन् ।
