टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार उक्त फैसला गरेको हो ।
ग्रामीण सडकमा जिप गुडाउने चालकहरूमध्ये कैलाश बम सबैभन्दा होसियार र सिपालु चालकका रूपमा परिचित थिए । दिपायल–बोगटान कच्ची रुटमा उनको जिप चढ्न यात्रुहरू जहिल्यै हानथाप गर्थे । सहज र समझदार चालक भएकैले कैलाशकै गाडीमा धेरै यात्रु सुरक्षित महसुस गर्थे ।
छात्रामाथि बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले तारिखमा छाड्न दिएको आदेश उच्च अदालत दिपायलले बदर गरेको छ । उच्च अदालतको मंगलबारको आदेशअनुसार ती शिक्षकलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्नेछ ।
विद्यार्थीमाथि बलात्कारको आरोप लागेका शिक्षकलाई जिल्ला अदालतले तारेखमा छाडेको मुद्दाको मिसिल उच्च अदालतले झिकाएको छ । उच्च अदालत दिपायलले शिक्षक सोपीनाथ भट्टमाथिको मुद्दासम्बन्धी सक्कल मिसिलका साथै कैफियत प्रतिवेदन बुझाउन जिल्ला अदालत डोटीलाई सोमबार आदेश दिएको हो ।
१५ वर्षीया किशोरीको बलात्कार अनि हत्या प्रयास गरेको आरोप लागेका गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंह पक्राउ परेका छन् । उनलाई सोमबार राति कैलालीको सहजपुरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।