कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

खप्तडमा रक्तदान

मोहन शाही

डोटी — ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजले पहिलो पटक खप्तडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

खप्तडमा रक्तदान

स्वस्थ व्यक्तिले जुनसुकै ठाउामा रक्तदान गर्न सक्छ भन्ने सन्देश दिनका लागि खप्तडमा कार्यक्रमको आयोजना गरिएको समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बताए ।

खप्तडमा ४ जनाले नेपालमै पहिलो पटक ३२ सय मिटरको उचाई रक्तदान गरेका छन् । कार्यक्रममा समाजका केन्ऽीय सदस्यहरु गोविन्द वाग्ले, प्रेम लम्साल र विमल भित्रकोटी तथा शिखर नगरपालिकाका पूर्व नगरप्रमुख सिताराम जीशीले रक्तदान गरेका थिए ।

कार्यक्रमका कांग्रेस डोटीका सभापति नरेन्ऽबहादुर सिंहले ऐतिहासिक खप्तड क्षेत्रमा रक्तदान जस्तो पावन कार्यक्रम गरेर सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने बताए ।

प्रकाशित : जेष्ठ ५, २०८१ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×