पासाङ ल्हामु शेर्पा स्मृति ग्यालरीकाे उद्घाटन 

जेष्ठ २०, २०८१

कान्तिपुर संवाददाता

Inauguration of Pasang Lhamu Sherpa Memorial Gallery

काठमाडौँ — राष्ट्रिय विभुति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको स्मृतिमा ग्यालरी स्थापना गरिएको छ ।

शेर्पाले आफ्नाे जीवनकालका गरेका काम र उपलब्धिलाई स्मरण गर्ने लक्ष्यले खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा ग्यालरीको स्थापना गरिएको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको पहलमा निर्माण गरिएको ग्यालरीको आइतबार उद्घाटन गरिएको छ । ग्यालरीमा शेर्पाको सन् १९६१ देखि सन् १९९३ सम्मको जीवनकालको गतिविधिसँगै विभिन्न हिमाल आरोहणको इतिहासलाई समेटिएको छ । उद्घाटनकै दिन स्वदेशी तथा विदेशी गरी पाँच सय बढी पर्यटकहरुले ग्यालरीको अवलोकन गरेका छन्।

प्रतिष्ठानले लुक्लासँगै पोखरामा रहेको अन्तराष्ट्रिय पर्वतीय म्युजियममा पनि पासाङ ल्हामुको ग्यालरी स्थापना गर्ने तयारी गरेको जनाएको छ । शेर्पाले सन् १९९३ अप्रिल २२ का दिन पहिलो पटक नेपाली महिलाको तर्फबाट सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

कान्तिपुर

Link copied successfully