जनमत पार्टीको भातृ संगठन किसान जनमत संघले बुधबार गुलरिया नगरपालिकामा बाढी पीडित किसान परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै धर्ना दिएका छन् ।...
कात्तिक महिनामा परेको बेमौसमी वर्षाका कारण आएको बाढी–पहिरोले सडक र राजमार्गहरूमा १ अर्ब ५ करोडको क्षतिको प्रारम्भिक विवरण आएको सडक विभागले जानकारी दिएको छ ।
पर्यटकीयस्थल रानीमहल जाने सडकमा शुक्रबार पुन: पहिरो खसेको छ । पहिरो खसेपछि रानीमहल क्षेत्रमा पुगेका सय बढी पर्यटक अलपत्र परेका छन् । तानसेन–रानीमहल सडक खण्डको बैुकण्ठे भीरमा खसेको पहिरो ठूलो भएकाले पन्छाउन कठिनाई भएको छ ।
कर्णाली प्रदेश सरकारले बाढी, पहिरो लगायतका विपद्मा परेर मृत्यु भएकाहरुको परिवारलाई दुर्घटना बिमा बापत २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो पटकको बाढीपहिरोले कर्णालीमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
धौलागिरिको लाइफलाइनका रूपमा रहेको मध्यपहाडी (पुष्पलाल) राजमार्ग सातायता अवरुद्ध हुँदा चार जिल्लामा प्रत्यक्ष प्रभावित भएका छन् । कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–५ बाजुङको भ्याप्लेखोलासम्म साढे ८ किमि सडक खण्डमा खसेका २० ठूला पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।
दुई दिनदेखिको वर्षाका कारण पहिरो खस्दा घरमै च्यापिएर रोल्पामा ६७ वर्षीया वृद्धासहित दुई जनाको मृत्यु भएको छ । प्रहरीले घरमाथिबाट पहिरो खस्दा रोल्पा नगरपालिका–१० धबाङस्थित बाम्ला गाउँका वृद्धा गौसरी र उनका नातिको मृत्यु भएको जनाएको छ ।
पुण्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा पुलबजार खण्डको सडक सुचारु भएको छ । पानीको बहाव घटेपछि करिब १० घण्टापछि यातायात सञ्चालनमा आएको हो ।
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण वाग्मतीसहित उपत्यकाका विभिन्न नदीहरूमा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीले खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सोमबार बिहान ५ बजे वाग्मतीको जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।
आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ ।
अविरल वर्षापछिको बाढीपहिरोले शुक्रबारदेखि अवरुद्ध पोखरा–बागलुङ सडक शनिबार पनि खुलेको छैन । पोखराबाट पर्वत हुँदै बागलुङ जोड्ने भूपी शेरचन राजमार्गको कुश्मा–पातीचौर खण्ड क्षतविक्षत हुँदा आवागमन ठप्प भएको हो । पातीचौरदेखि कुश्मासम्म साना–ठूला गरी ११ ठाउँमा पहिरो खसेर सडक पुरेको छ ।
अविरल वर्षासँगै स्याङ्जाको राम्दी बजार पहिरोको उच्च जोखिममा रहेको छ । भदौ १३ मा गल्याङ नगरपालिका–१ राम्दीमा सिदार्थ राजमार्ग माथिबाट पहिरो खसेको थियो । पहिरोमा वालिङ नगरपालिका–१४ की धनमाया उम्रा मगरको मृत्यु भएको थियो । पहिरोमा परी ४ जना घाइते भएका थिए भने ४ वटा घर पुरिएका थिए ।
घरमाथि मोटरबाटो खनेपछि कुश्मा नगरपालिका–३ दुर्लुङ बाँधस्वाँराका माधव शर्मा पौडेल अर्को घर किनेर बाटोमाथि सरे । सुरक्षित ठानेर किनेको घरमा उनले परिवारसँग एक वर्षभन्दा बढी बिताउन पाएनन् । बिहीबार मध्यरातमा खसेको पहिरोले घर पुर्यो । भित्रै पुरिएका आमा, श्रीमती, दुई छोरी र एक छोरालाई उनले गुमाए । विदेशबाट फर्किएर सुरक्षित घरमा बस्ने उनको सपना पहिरोसँगै पुरियो ।
बाजुरा सदरमुकाम मार्तडी सडक सञ्जालबाट विच्छेद हुँदा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको अभाव हुनुका साथै मूल्य वृद्धि भएको छ । थप उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामी सबैभन्दा ठूलो समस्यामा छन् ।
बौदीकाली गाउँपालिका र तनहुँको बीचमा रहेको मानपुर–डेढगाउँ पुल काली गण्डकीको बाढीले भत्काएपछि आवगमन बन्द भएको छ । कालीगण्डकी नदीमा आएको बाढीले मंगलबार पुलको तनहुँतर्फको (पूर्वीउत्तर) खण्ड बगाएको हो । बाढीले पुलसँग जोडिएको जमिनको करिब १५ देखि २० मिटर भाग बगाएर लगेको छ ।
आइतबार बिहान ९ बजेदेखि पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग मंगलबार अपराह्नदेखि एकतर्फी रुपमा खुलेको छ । पहाडै भासिएर राजमार्गमा खसेको पहिरोको जगैदेखि ढुंगामाटो हटाएपछि राजमार्ग एकतर्फी खुलेको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।