कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कर्णाली र बबईका बाढी पीडित घर फर्के

राहत वितरण सुरु
कमल पन्थी

बर्दिया — असोज २३ गते कर्णाली र बबई नदीमा आएको बाढीले विस्थापित भएका करिब २ हजार ५ सय जना घर फर्केका छन् । कर्णालीमा करिब १५ सय र बबईमा झन्डै १ हजार मानिस बाढीबाट जोगिन सुरक्षित स्थलमा पुगेका थिए ।

कर्णाली र बबईका बाढी पीडित घर फर्के

दुवै नदीमा जलस्तर घटेको र बाढीको वानी सुकेकोले सबै घर फर्की सकेको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले बताए । बाढीको पानी धेरै दिनसम्म डुबान नभएका र मनसुनले बिदा लिएकोले तटीय क्षेत्रका बासिन्दा घर फर्केको सहायक प्रजिअ पाण्डेले जनाए ।

यस वर्ष बाढीले भने धानबालीलाई ठूलो क्षति हुन नपाएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाइ कार्यक्रम, बर्दियाका प्रमुख कृष्ण धितालले बताए । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका अनुसार जिल्लाको गुलरिया र राजापुर र गेरुवा क्षेत्रमा धानबालीलाई बढी नोक्सानी पुर्‍याएको छ ।

जिल्लामा बाढीले धानबाली पूर्ण क्षति १ हजार ७ सय ७५ दशमलब ५ बिघा क्षति भएको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका अनुसार ४ हजार ४ सय २४ दशमलव ५ बिघा आंशिक क्षति भएको छ । जिल्लामा कुल ६ हजार १ सय ९९ बिघामा लगाएको धानबाली क्षति भएको छ ।

यसैबीच विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा नेपाल सरकारमार्फत नेपाल रेडक्रस सोसाइटीले कर्णाली तटीय क्षेत्रका बाढी पीडितलाई १५ हजारका दरले राहत उपलब्ध गराएको छ । सोसाइटीका शाखा अधिकृत हरी केसीले जिल्लाका चार पालिका अन्तर्गत राजापुर नगरपालिकाका ३ हजार ९ सय ७१,गेरुवा गाउँपालिकाका २ हजार ८ सय ५९, मधुवन नगरपालिकाका ५ सय ८ जना र ठाकुरबाबा नगरपालिकाका ८ सय ८६ जनालाई राहत वितरण सुरु गरिएको जनाए । जिल्लाका ८ हजार २ सय ३१ बाढी पीडितले राहत पाउने भएका छन् ।

प्रकाशित : आश्विन ३०, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?