२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

खोलामा हराएका पुरूष ६ दिनपछि मृत फेला

विप्लव महर्जन

सल्यान — लगातार सात दिनसम्म परेको अविरल वर्षातका कारण खोलाले बगाएर बेपत्ता भएका कालिमाटी गाउँपालिका ६ का ६५ वर्षीय नरबहादुर दर्लामी मृत भेटिएका छन् ।

बर्दिया जिल्लाको बासगढी नगरपालिका १ बबई नदिको बाटुल्यमा उनी ६ दिनपछि मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए । उनका अनुसार गत असोज १९ गते घर नजिकैको जुम खोलामा आएको बाढीले बगाएर दर्लामी बेपत्ता भएका थिए । मृत अवस्थामा भेटिएका दर्मालीको मेहलकुनास्थित अस्पतालमा पोष्टमार्टमपछि अन्तिम संस्कारका लागि आफन्तले घर ल्याएका उनको भनाइ छ ।

लगातारको वर्षापछि आएको पहिरोमा पुरिएर शारदा नगरपालिका ८ मार्केका १३ वर्षीय बालक अजय विक, पहिरोसँगै खसेको ढुंगाले लागेर त्रिवेणी गाउँपालिका ४ गैरागिठीका ४४ वर्षीय चन्द्रबहादुर पुन र खोलाले बगाएर नरबहादुर दर्लामी गरी तीन जनाको मृत्यु भएको उनको भनाइ छ ।




प्रकाशित : आश्विन २५, २०७९ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?