३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कञ्चनपुरमा बाढीले दर्जनौं बस्ती डुबानमा, ४ सय परिवार विस्थापित

भवानी भट्ट

कञ्चनपुर — अविरल वर्षापछि कञ्चनपुरमा बनहरा र दोदा नदीमा आएको बाढीले दर्जनौं बस्तीहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातिदेखि विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा ४ सय बढी परिवार विस्थापित भएका छन् ।

कञ्चनपुरमा बाढीले दर्जनौं बस्ती डुबानमा, ४ सय परिवार विस्थापित

दोदा नदीको बाढी बस्तीमा पस्दा लालझाडी गाउँपालिका पूरै डुबानमा परेको अध्यक्ष निर्मल रानाले बताए । उनका अनुसार शिखलपट्टी जाईबाट बाढी बस्तीमा पसेर पूरै गाउँपालिका डुबानमा परेको छ । वल्मी, कन्ज, कसुवा, डुंगा र छोटी पर्सिया लगायतका बस्तीहरुमा डेढ सय घर परिवार डुबानका कारण विस्थापित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए ।

यसैगरी कृष्णपुर नगरपालिका–५ को पवित्रा बस्ती शिविरमा मोहना नदी पस्दा ७० परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । कृष्णपुर ४ मा मछेली नदीको बाढी बस्तीमा पस्दा ८० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नजिकको विद्यालयमा राखिएको छ ।

बनहरा नदीको बाढी बस्तीमा पसेर बीचमा फसेका शुक्लाफाँटा नगरपालिका १२ दुबाहाका ४ परिवारका १६ जनालाई शनिबार बिहान उद्धार गरिएको छ । राति दुई/अढाइ वजेदेखि नै बाढी बस्तीमा पसेको हो । बनहराको बाढीले शुक्लाफाँटा नगरपालिका ११ को बनहरा शिविरका २५ टहरा बगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १, २०७९ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?