यतिबेला वनजंगलमा मात्र होइन, बस्ती र घरमा पनि आगलागीका घटना बढिरहेका छन् । समयमै आगो नियन्त्रण नहुँदा जनधनको क्षति हुने गरेको छ । आगलागी नियन्त्रणका लागि दमकल (बारुण यन्त्र) सेवाको महत्त्वपूर्ण भूमिका रहन्छ ।
भारतमा तीव्र गतिमा बढेको संक्रमणले सबैजसो प्रदेश प्रभावित भए पनि रोकथाम, नियन्त्रण र उपचारका लागि गर्नुपर्ने तयारी सुस्त छ । संक्रमितको उपचारका लागि व्यवस्थापन गरिएका उपत्यका बाहिरका अस्पताल तथा स्वास्थ्य केन्द्र पनि भरिन थालेका छन् । जनशक्ति र पूर्वाधार व्यवस्थापनमा चासो नपुग्दा बिरामीले उपचार नै नपाउने जोखिम देखिन थालेको छ ।
विद्यार्थी, शिक्षक र अभिभावकमा कोरोना संक्रमण बढ्न थालेपछि सहरी क्षेत्रबाहेकका विद्यालय पनि बन्द गरिन थालेको छ । शिक्षा तथा विज्ञान, प्रविधि मन्त्रालयले कोभिड–१९ संक्रमण फैलिए विद्यालय बन्द वा खुला राख्ने निर्णय सम्बन्धित स्थानीय तहले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा गर्न सक्ने जनाएपछि पालिकाहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्न थालेका हुन् ।
भारतबाट फर्किरहेका नेपालीमा दिनहुँ संक्रमण देखिन थालेपछि सुदूरपश्चिममा फेरि कोरोनाको त्रास बढेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चैत १ देखि १५ सम्म १५ जना मात्रै संक्रमित थिए, त्यसयता संक्रमण निकै बढेको छ ।
तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले बालबालिका बढी प्रभावित भएका छन् । दिनहुँजसो विद्यार्थी संक्रमित हुने क्रम बढे पनि विद्यालयमा भौतिक पढाइ बन्द गरिएको छैन । स्वास्थ्य सुरक्षाबिनै विद्यालय सञ्चालन भइरहेकाले पनि बालबालिका बढी जोखिममा छन् । विद्यालयहरूले स्वास्थ्य मापदण्ड अपनाएको दाबी गरे पनि सहरी क्षेत्रका बालबालिकामा संक्रमण बढ्दो छ ।
गत वर्ष लकडाउनका केही महिना सीमावर्ती सहरमा लागूऔषध प्रयोगकर्ता र ओसारपसार गर्नेहरूको सक्रियता घटेको थियो । फाट्टफुट्ट सीमामा पुग्ने प्रयोगकर्तालाई प्रहरी सम्झाएर फिर्ता पठाउँथे । कोरोना बिर्सेर बिस्तारै जनजीवन सहज हुन थालेपछि लागूऔषध कारोबारी फेरि सक्रिय भए । अहिले दिनहुँ पक्राउ परिरहेकाहरूको संख्या प्रहरीको टाउको दुखाइ भएको छ ।
भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा, क्वारेन्टाइनहरू नबन्दा र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू नहुँदा संक्रमण फैलने डरले स्थानीयलाई सताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिसभा विघटनलगायत कदमहरूको विरोध गरे पनि सरकारमा बसिरहेको भन्दै आलोचना खेपिरहेको माओवादी केन्द्र गण्डकी सरकारबाट बुधबार बाहिरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष राजीनामा दिएका हुन् ।
भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि नेपालका सीमावर्ती र अन्य जिल्लामा संक्रमण रोकथामको तयारी थालिएको छ । जनशक्ति अभाव र ठोस योजना नहुँदा तयारी सुस्त छ भने कतिपय जिल्लामा काम नै अघि बढ्न सकेको छैन ।
भारतमा कोरोना संक्रमण बढिरहेका बेला सिधै सम्पर्क भएका लुम्बिनी प्रदेशका मूल नाकाहरूमा सतर्कताबिनै मानिसको बेपरवाह आउजाउ चलिरहेको छ । यसले गर्दा कुनै पनि बेला महामारीको दोस्रो लहर नेपाल भित्रिन सक्ने विज्ञहरूले विश्लेषण गरेका छन् ।