१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

पहिरोले सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध

वीरेन्द्र केसी

अर्घाखाँची — अविरल वर्षाका कारण सडक माथिबाट पहिरो गएपछि बिहानैदेखि सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध भएको छ । उक्त सडकको घुम्ती नजिकै ठूलो पहिरो गएको छ ।

सदरमुकाम सन्धिखर्कबाट बुटवल, काठमाडौंका लागि छुटेका गाडी घुम्तीमै रोकिएका छन् ।

सडक माथिबाट पहिरो निरन्तर खसिरहेको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । पहिरो हटाउन खोज्दा माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल हटाउने कार्य स्थगित भएको उनले बताए ।


प्रकाशित : भाद्र ३१, २०७९ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?