कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बबई र कर्णाली नदीको बहाव सतर्कता तहमाथि, ६५ भन्दा बढी घरपरिवारलाई स्थानान्तरण

कमल पन्थी

बर्दिया — बर्दियामा लगातार तीन दिनदेखि परेको अविरल वर्षाले बबई, कर्णाली र अन्य साना, ठूला खोलामा पानीको बहाव उच्च भएको छ । डुबानले ठाकुरबाबा नगरपालिका—७ र ५ मा डुबानले ३५ घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले बताए ।

बबई र कर्णाली नदीको बहाव सतर्कता तहमाथि, ६५ भन्दा बढी घरपरिवारलाई स्थानान्तरण

यसैगरी राजापुर—७ बाजुरेली टोलमा डुबान हुँदा तीस घरका मानिसलाई सुरक्षित सामुदायिक वनमा आश्रय लिएका छन् । उनीहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले नजिकको सामुदायिक वनको भवनमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले बताए ।

गेरुवा गाउँपालिका—३ सनकटीघाटमा कर्णाली नदी कटानले व्यापक क्षति पुर्‍याउन थालेको छ । पहाडी भूभागमा पानी परिरहेको छ । नदी र खोला बढी रहेकोले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीमा माछा मार्ने र काठ ओसार्न नजान सबैलाई आग्रह गरिएको प्रजिअ बास्तोलाले बताए ।

यसैबीच लगातारको वर्षाले बबई नदी र कर्णालीमा सतर्कता तहमाथि पानी बगिरहेको छ । बबईमा ६ दशमलव ४ मिटरमाथि पानी बगिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ६ दशमलव १० पुग्नासाथ बाढी पस्ने गर्छ । कर्णाली नदीमा ९ दशमलव ७५ मिटर माथि पानी बगिरहेको छ । कर्णालीमा ११ मिटर पानी बगे बाढी पस्ने गर्छ ।

प्रकाशित : आश्विन १, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?