१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अछाममा ठाउँ–ठाउँमा पहिरो, ४ जना मृत फेला

अछाम — तीन दिनदेखिको निरन्तरको वर्षापछि अछामका विभिन्न स्थानमा पहिरो आएको छ । पहिरोमा परेर मृत्यु भएका ४ जनाको शव फेला परेको छ भने कैयौं बेपत्ता भएका छन् ।

यहाँको तुर्माखाँद, ठाँटीकाँध र ढकारीमा शुक्रबार रातिको पहिरो गएको छ । तुर्माखाँदमा पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने दुई घर पहिरोले बगाएको छ । तुर्माखाँदमै चार जनाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिए ।

यस्तै, ठाँटीकाँधको पहिरोमा ९ जना बेपत्ता भएका छन् भने दुई घर बगाएको छ । यसैगरी ढकारीमा पहिरोले एक घर बगाएको र ३ जना बेपत्ता भएको डीएसपी डाँगीले बताए ।

पहिरो खसेका स्थानमा उद्धार र खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । पहिरोकै कारण विभिन्न स्थानमा सडक अवरु्द्ध भएका छन् भने बिजुली/बत्ती र सञ्चार विच्छेद भएको छ ।

प्रकाशित : आश्विन १, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?