कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरोले स्वास्थ्य चौकी र घर पुर्‍यो, सानीभेरीको बहाव बढ्दो

हरि गौतम

रुकुम पश्चिम — निरन्तरको वर्षापछि आएको पहिरोका कारण विभिन्न संरचनामा क्षति पुगेको छ । सानीभेरी गाउँपालिका–३ का खड्कबहादुर विकको घरमा पहिरोले पूर्णरुपमा क्षति पुर्‍याएको छ । घरमा मान्छे र पशुचौपाया नभएका कारण मानवीय क्षति भने हुन पाएन । घरमा रहेका सम्पूर्ण सामग्री पूर्णरुपमा क्षति भएका छन् ।

पहिरोले स्वास्थ्य चौकी र घर पुर्‍यो, सानीभेरीको बहाव बढ्दो

त्रिवेणी गाउँपालिका–२, को आधारभूत स्वास्थ्य इकाइमा पनि पहिरो ठूलो क्षति पुर्‍याएको छ । भवनका दुई झ्याल भत्काएर भवनभित्रै पहिरो पसेको स्थानीयले जानकारी दिएका छन् ।

निरन्तरको वर्षापछि सानीभेरी नदीको बहाव पनि बढेको छ । सानीभेरी गाउँपालिकाले नदीको बहाव बढेकाले सतर्क रहन आग्रह गरेको छ । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले नदी र खोलानालाको सतह धेरै माथि आएकाले सतर्क रहन आग्रह गरिएको जानकारी दिए । केही परिहाले गाउँपालिका पनि आवश्यक तयारीमा रहेको अध्यक्ष विष्टले बताए ।


प्रकाशित : श्रावण २२, २०७९ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?