जिल्ला यातायात व्यवस्था समिति रुकुम पश्चिमले पछिल्लोपल्ट निर्धारण गरेको भाडाप्रति असहमति जनाउँदै यातायात व्यवसायीले बिहीबारदेखि यातायातका साधन बन्द गराएका छन् । सार्वजनिक सवारी नचलेपछि यात्रु हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।
डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट बन्दुक र वन्यजन्तुको अखेटोपहारसहित एकजना पक्राउ परेका छन् । निकुञ्जको चोरी सिकारी नियन्त्रण इकाइले निकुञ्जको निगालगैराबाट एक नाल भरुवा बन्दुक, त्यसमा लाग्ने १९ वटा गोली, एक बट्टाको साथमा अखेटोपहारसहित लक्ष्मीचन्द्र शाहीलाई पक्राउ गरेको हो ।
भूमे गाउँपालिका–४ काँडास्थित अल्लो उद्योगमा तयारी पोसाक छन् । पोसाकका लागि कपडा पनि तयारी छ । उद्योगले ग्राहक कुरेर बसेको छ । पुथाउत्तरगंगा गाउँपालिका–१४ जामाबागरका अल्लो उद्योगी पनि ग्राहकको पर्खाइमा छन् । लामो समयदेखि तयारी पोसाक तथा अरू सामग्री उद्योगमा झुन्डिएका छन् ।
अब मुसिकोट नगरपालिकाका हरेक भौतिक संरचना नक्सामा हेर्न पाइने भएको छ । नगरपालिकाभित्र बनेका सम्पूर्ण संरचना समेटिने गरी नगर यातायात गुरुयोजना बनाउन सुरु भएको हो ।
नेकपा ओली पक्षीय केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्रीको कदम संवैधानिक भएको दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध भ्रम फैलाइएको भन्दै उनले संविधानमै भएको व्यवस्थाअनुसार संसद विघटन भएको बताए ।
भूमिहीनका लागि जग्गा व्यवस्थापनको काम थालिएको छ । स्थानीय सरकारले भूमिहीनको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया थालेका हुन् । पहिलो चरणमा ३ स्थानीय तहमा लगत संकलनको काम सुरु भएको छ ।