कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

यादवलाई राईको जवाफ - 'अदालतको ढोका सबैका लागि खुला छ'

विदेश रहेको बेला आफू नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटेर नयाँ दल जनता समाजवादी पार्टी गठन गरिएको र त्यो संविधान तथा कानुन विरुद्ध रहेको भन्दै उपेन्द्र यादवले अदालत जाने चेतावनी दिएका छन् । नयाँ दल जसपाका अध्यक्ष अशोक राईले भने अदालतको ढोका सबैका लागि खुला रहेको जवाफ दिएका छन् । 

रवि लामिछानेविरुद्धको मुद्दाको भारी रास्वपाले बोक्नु हुँदैन : केन्द्रीय सदस्य कार्की

रास्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले रवि लामिछानेविरुद्धको मुद्दाको भारी पार्टीले बोक्न नहुने बताएका छन् । व्यक्तिगत रूपमा लामिछानेसँग जोडिएका मुद्दामा रास्वपालाई जोड्न नहुने कार्कीको भनाइ छ ।

बालमन्दिरको जग्गा हिनामिना प्रकरण : बाल संगठनले दियो सीआईबीमा जाहेरी

बालमन्दिरको जग्गा हिनामिनाबारे अनुसन्धान गर्न नेपाल बाल संगठनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दिएको छ । तत्कालीन पदाधिकारी तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा जग्गा ठगी तथा हिनामिना गरेको भन्दै बिहीबार सीआईबीमा जाहेरी दर्ता भएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा मौलाउँदो बेथिति

रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले आफू अनुकूल निर्णयका लागि ऐन/नियमावली परिमार्जन र संशोधन गरेको पाइएको छ । 

यारी भन्सारमा ६ महिनादेखि लागेको ताला अझै खुलेन

यारी नाका भन्सार कार्यालय हिल्सामा नियमित कर्मचारी नबस्दा राजस्व संकलन प्रभावित भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका यारी भन्सार कार्यालय हिल्सामा ६ महिनादेखि नहुँदा मासिक लाखौं रुपैयाँ राजस्व गुम्दै आएको हो ।

बालमन्दिर जग्गा हिनामिना प्रकरण : रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालत काठमाडौंबाट  पक्राउ पुर्जी लिएको हो । सीआईबी प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार जाहेरी दर्तासँगै आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ ।

बालमन्दिर जग्गा हिनामिना प्रकरण : यी हुन् पक्राउ पुर्जी जारी भएका २० जना 

बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उपराष्ट्रपति यादवसँग नर्वेका राजदूत ड्रामडलको शिष्टाचार भेट

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गरेकी छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार उपराष्ट्रपति यादवसँग राजदूत ड्रामडलले शिष्टाचार भेट गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । 

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उनले नीतिगत निर्णय गर्दै २ महिनामा रिजल्ट ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन् । 

कांग्रेसले स्व. नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । केन्द्रीय कार्यसमितिको बिहीबार बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

इलाम उपनिर्वाचनको नतिजा ‘मिसन ८४' का लागि सुध्रने मौका : उपसभापति वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आफ्नो पार्टीले इलाम उपनिर्वाचन नतिजाको समीक्षा गरेर अगाडि बढ्ने बताएका छन् । इलाम- २ मा गत बैशाख १५ गते भएको उप निर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु चौथो स्थानमा रहेका थिए । 

सडक ढलानमा भ्रष्टाचार : जलेश्वरका मेयर साहसहित ११ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाको हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोगमा नगर प्रमुख सुरेश साह सोनारलगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
बथनाहा-कटहरी रेल मार्ग निर्माण अलपत्र

बथनाहा-कटहरी रेल मार्ग निर्माण अलपत्र

विनोद भण्डारी

काम गर्ने साइड नपाएपछि भारतको बथनाहादेखि नेपालको कटहरीसम्मको ब्रोडगेज रेलमार्ग निर्माण गर्दै आएको ठेक्दार कम्पनी एमआरयू सेवक दोस्रो पटक काम छाडेर हिडेको छ । यसअघि सन् २०२३ मा पनि उक्त निर्माण कम्पनी काम गर्ने साइड नपाएको भन्दै काम छाडेर हिडेको थियो ।

जनसेवा सामुदायिक अस्पताल नगरपालिकालाई हस्तान्तरण

जनसेवा सामुदायिक अस्पताल नगरपालिकालाई हस्तान्तरण

डम्बरसिं राई

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयको सहयोगबाट स्थापना गरिएको जनसेवा सामुदायिक अस्पताल नगरपालिकालाई हस्तान्तरण गरिएको छ । स्थनीयले व्यवस्थापन धान्न नसकेपछि बुधबार नगरलाई हस्तान्तरण गरेको हो ।

साँझसम्म नयाँ मुख्यमन्त्री : एमाले प्रमुख सचेतक

साँझसम्म नयाँ मुख्यमन्त्री : एमाले प्रमुख सचेतक

पर्वत पोर्तेल

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति नयाँ सरकार गठनको आह्वान गरेपछि कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार गठनका लागि प्रक्रिया सुरु गरेका छन् । उनीहरूले बिहीबार कार्यालय खुलेपछि मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरिरहेका छन् ।

कोशीमा नयाँ सरकार गठन आह्वान

कोशीमा नयाँ सरकार गठन आह्वान

पर्वत पोर्तेल

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका छन् । सरकार गठनका लागि खापुङले वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका हुन् । नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएसँगै सोही उपधाराअनुसार चयन भएका बहालवाला मुख्यमन्त्री केदार कार्की पदमुक्त भएका छन् । 

कोशीमा नयाँ सरकार गठनका लागि आह्वान

कोशीमा नयाँ सरकार गठनका लागि आह्वान

पर्वत पाेर्तेल

कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अनुसार नै वैशाख २८ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

कोशीमा सत्ता किचलो

कोशीमा सत्ता किचलो

पर्वत पोर्तेल

कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया थाल्न बुधवार अपरान्ह प्रदेश प्रमुख पर्शुराम खापुङलाई ध्यानाकर्षण पत्र बुझाए । दलहरुको पत्र बुझेपछि हतारिदै प्रदेश प्रमुखले भने, ‘म कानुनी परामर्शमा छु । संविधान र कानुनी अभ्यासलाई मध्यनजर गर्दै अध्ययन गरेर चाँडै निर्णय लिने छु ।’ 

कोशी बाट थप
करेन्ट लागेर धनुषामा एकको मृत्यु

करेन्ट लागेर धनुषामा एकको मृत्यु

कान्तिपुर संवाददाता

धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जमुनी सिंचाई योजनाको काम चार वर्षदेखि ठप्प

जमुनी सिंचाई योजनाको काम चार वर्षदेखि ठप्प

शंकर आचार्य

मुआब्जा वितरण प्रक्रिया र व्यारेजमा विद्युतीय ढोका निर्माणमा भइरहेको ढिलाइका कारण करिब चार वर्ष देखि जमुनी सिंचाई योजनाको काम ठप्प रहेको छ । ३५ करोड रुपैयाँ खर्च भइसकेको यो आयोजना अब सम्पन्न हुने/नहुने अन्योल पनि बढ्दो छ । ६ वर्षअघि बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसानलाई वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराउने महात्वाकांक्षी योजनाको रुपमा अघि बढाइएको जमुनी सिंचाई योजनाको काम अहिले ठप्प छ । 

बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

बैंकमा डयुटीमा रहेका गार्ड मृत भेटिए

अबधेशकुमार झा

सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन्।

लाइसेन्स नभएका चालकलाई कारबाही

लाइसेन्स नभएका चालकलाई कारबाही

शिव पुरी

विभिन्न बजारहरुमा सवारी चालक अनुमति पत्र नलिई चलाएका ई–रिक्सा र टेम्पो चालकहरु माथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगापुर अन्तर्गतको गौरबाट खटिएको संयुक्त चेकिङ टोलीले चालक अनुमति पत्रबिना नै सवारी चलाउनेलाई कारबाही गरेको हो । 

नारायणी अस्पतालमा एमआरआई सेवा अवरुद्ध

नारायणी अस्पतालमा एमआरआई सेवा अवरुद्ध

भूषण यादव

नारायणी अस्पतालमा सञ्चालनमा आएको ६ महिना बित्न नपाउँदै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ । दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजीमा महँगो शुल्क तिर्न बाध्य छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले करिब दोब्बर मूल्य लिने गरका छन् ।   

साउदीमा मृत्यु भएका साहको शव कुर्दै परिवार  

साउदीमा मृत्यु भएका साहको शव कुर्दै परिवार  

ओमप्रकाश ठाकुर

वैदेशिक रोजगारीमै रहेका बेला सर्लाही मानपुरका २८ वर्षीय अरबिन्द साहको मृत्यु भएपछि परिवार दुई सातादेखि शव कुरेर बसेको छ । गत १२ गते सउदी अरबस्थित एक कम्पनीमा काम गर्ने क्रममा उनको दुर्घटना परी मृत्यु भएको खबर आएपछि परिवार गहिरो शोकमा डुबेका छन् ।

मधेस बाट थप
बागमतीमा प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस

बागमतीमा प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस

कान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । 

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

रासस

नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् ।

नगर प्रहरीलाई कुट्पिट गरेको अभियोगमा ४ जना पक्राउ

नगर प्रहरीलाई कुट्पिट गरेको अभियोगमा ४ जना पक्राउ

ज्योती श्रेष्ठ

नगर प्रहरीलाई कुटपिट गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बनेपाले ४ जनालाई पक्राउ गरेको छ ।

चेपाङ बस्तीमा बाँसले बारेर कक्षा-८ पढाउने सुरसार

चेपाङ बस्तीमा बाँसले बारेर कक्षा-८ पढाउने सुरसार

रमेशकुमार पौडेल

आदिवासी चेपाङ समुदायका बालबालिका मात्रै पढ्ने पहाडी गाउँ लोथरको कालिटारमा कक्षा-८ को पढाइ सञ्चालन गर्न विद्यालयले अनुमति पाएको छ । तर विद्यार्थी राखेर पढाउने कक्षाकोठा छैन । बाँसको कप्टेराले बारेको सानो छाप्रोमा कक्षा चलाउनु परेपछि स्थानीय खिन्न छन् ।

नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते  

नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ जना घाइते  

कान्तिपुर संवाददाता

जिल्लाको बेलकोटगढी नगरपालिका ८ शिरखालीमा मंगलबार स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।  

हेलम्बुमा डढेलो लगाउनेबारे सूचना दिनेलाई ५० हजार

हेलम्बुमा डढेलो लगाउनेबारे सूचना दिनेलाई ५० हजार

अनिश तिवारी

हेलम्बु गाउँपालिकाले डढेलो लगाउने व्यक्ति या समूहबारे सूचना दिनेलाई ५० हजार पुरस्कार दिने जनाएको छ । जथाभावी वनमा डढेलो लाग्दा स्वास्थ्य तथा सिंगो वातावरणमा नकारात्मक प्रभाव परेको भन्दै गाउँपालिकाले सूचना जारी गरी पुरस्कारबारे जानकारी दिएको हो ।

वाग्मती बाट थप
माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी सञ्चालनमा रोक

आश गुरुङ

लमजुङको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयवासिन्दाले रोक लगाएको छ । मर्स्याङ्दी गाउँपालिकामा निर्माण गरिएको आयोजनाको प्रवर्द्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना मागहरु सुनुवाइ नगरेको भन्दै स्थानीयवासिन्दाले आयोजनाले सञ्चालन गर्दै आएको सवारी गुड्न रोक लगाएका हुन् ।

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

प्रकाश बराल

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले दुई वर्षदेखि आफ्नो पालिकाभित्रका केही स्थानमा नयाँ नापी गरिदिन माग गरिरहेका छन् । तर उनको मागको सुनुवाइ भएको छैन ।

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

मुग्लिन–पोखरा सडक विस्तार : यात्रा सकसपूर्ण

सम्झना रसाइली

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक चार लेन विस्तारको क्रममा छ । विस्तारमा रहेको राजमार्ग वर्षासँगै हिलाम्य हुँदा यात्रुहरुले सकस झेल्नुपरेको छ । 

कावासोतीमा गैंडा मृत फेला 

कावासोतीमा गैंडा मृत फेला 

नवीन पौडेल

पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती वनमा गैंडा मृत फेला परेको छ ।

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

गण्डकीमा एमालेबाट थपिए दुई मन्त्री

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अधिकारीले सोमबार एमालेबाट सीताकुमारी सुन्दास र वेदबहादुर गुरूङ (श्याम) लाई मन्त्री नियुक्त गरेका हुन् ।

आगलागीले २४ दिनमा १२ सय हेक्टर वन सखाप

आगलागीले २४ दिनमा १२ सय हेक्टर वन सखाप

प्रकाश बराल

वैशाख महिनाभर बागलुङका २७ वटा सामुदायिक वनमा लागेको आगोले १ हजार २ सय हेक्टर जमिनको वन क्षेत्र सखाप भएको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो बस्तीमा सल्किएर ठूलो जनधनको क्षति भएको छ ।

गण्डकी बाट थप
लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार 

लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार 

रूपा गहतराज

बाँकेमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । 

प्रतिबन्धित औषधि बिक्री गर्ने फार्मेसी सञ्चालक पक्राउ

प्रतिबन्धित औषधि बिक्री गर्ने फार्मेसी सञ्चालक पक्राउ

सन्जु पौडेल

बुटवलमा एकजना पक्राउ परेका छन् । बुधबार बिहान बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक अछाम जिल्लाको तुर्माखान गाउँपालिका ८ का कमल विकलाई प्रहरीले पक्राउ गरेको हो ।

तस्करीका गोरुसहित दुई ट्रक नियन्त्रणमा लिइ भन्सार पठाइयो

तस्करीका गोरुसहित दुई ट्रक नियन्त्रणमा लिइ भन्सार पठाइयो

माधव अर्याल

पाल्पाको रामपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय रामपुरले तस्करीको गोरुसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । रुपन्देहीको बुटवलदेखि पाल्पा हुँदै कालीगण्डकी करिडोर सडक (सिद्धार्थ राजमार्गको पिपलडाँडा–रामपुर–गैडाकोट) भएर तस्करी गरिएका गोरु इलाका प्रहरी कार्यालय रामपुरको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

रैनादेवीछहरा गाउँपालिकामा मोबाइल एप्सबाटै सेवा

रैनादेवीछहरा गाउँपालिकामा मोबाइल एप्सबाटै सेवा

माधव अर्याल

सुशासन, पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले मोबाइल एप्सबाट सेवा प्रदान सुरु गरेको छ । गाउँपालिकाले प्रदान गर्ने सबै सेवा सुविधाहरुलाई अनलाइनमार्फत सेवाग्राहीले घर–घरमै पाउन मोबाइल एप्स सुरु गरेको अध्यक्ष रुक्मांगत भट्टराईले जानकारी दिए ।

हरेक आइतबार लुम्बिनी मन्त्रिपरिषद् बैठक

हरेक आइतबार लुम्बिनी मन्त्रिपरिषद् बैठक

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारले कामको समीक्षा गर्दै आगामी योजना बनाउन हरेक साता आइतबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने निर्णय गरेको छ । चैत २४ गते मुख्यमन्त्रीमा नियुक्त भएर २५ गते पदभार ग्रहण गरेका मुख्यमन्त्री जोखबहादुर महराले पाँच पटक मन्त्रिपरिषद् बैठक सञ्चालन गरे ।

लुम्बिनीका जिल्लामा एमाले अधिवेशनको चहलपहल

लुम्बिनीका जिल्लामा एमाले अधिवेशनको चहलपहल

घनश्याम गौतम

एमालेको पार्टी संरचनामा प्रभावशाली नेताहरू धेरै भएको लुम्बिनी प्रदेशका जिल्लाहरूमा अहिले अधिवेशनको क्रम चलिरहेको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ४ जिल्लाको अधिवेशन भईसकेको छ । कपिलबस्तुमा बुधबार जारी छ । अन्य ७ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । 

लुम्बिनी बाट थप
डढेलोले विद्यालय भवन जलेपछि पठनपाठन प्रभावित

डढेलोले विद्यालय भवन जलेपछि पठनपाठन प्रभावित

विप्लव महर्जन

वनमा लागेको डढेलो सल्किएर शारदा नगरपालिका-१० मधनामा रहेको सिद्ध प्राथमिक विद्यालयको भवन जलेपछि पठनपाठन  प्रभावित भएको छ । केही दिनअघि यहाँको राष्ट्रिय वनमा लागेको डढेलोले विद्यालयमा क्षति गरेको थियो । कक्षाकोठामा रहेका सबै सामग्रीसहित विद्यालयका भवन बस्नै नमिल्ने गरी जलेर नष्ट हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । 

यारी भन्सारमा ६ महिनादेखि लागेको ताला अझै खुलेन

यारी भन्सारमा ६ महिनादेखि लागेको ताला अझै खुलेन

जनकबहादुर शाही

यारी नाका भन्सार कार्यालय हिल्सामा नियमित कर्मचारी नबस्दा राजस्व संकलन प्रभावित भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका यारी भन्सार कार्यालय हिल्सामा ६ महिनादेखि नहुँदा मासिक लाखौं रुपैयाँ राजस्व गुम्दै आएको हो ।

विद्यालयमा चट्याङ पर्दा २ शिक्षक र ३ विद्यार्थी घाइते 

विद्यालयमा चट्याङ पर्दा २ शिक्षक र ३ विद्यार्थी घाइते 

ज्योति कटुवाल

दैलेखको नौमुले गाउँपालिका ६ मा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा बुधबार दिउँसो २ बजेतिर चट्याङमा परी दुई शिक्षकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा कक्षा ५ मा अध्ययनरत छात्र ९ वर्षीय विश्व बिकास रावत, कक्षा ९ का यामबहादुर चन्द, कक्षा ७ का छात्रा १३ वर्षीयालक्ष्मी गुरुङ, शिक्षक रमेश सिंह ठकुरी, प्रेमबहादुर चन्द रहेका छन् ।

डढेलो निभाउन स्याउलाको भर

डढेलो निभाउन स्याउलाको भर

विप्लव महर्जन

कुमाख गाउँपालिका–५ स्थित काफलगेडी सामुदायिक वनमा गत आइतबार डढेलो लाग्दा एक सय हेक्टर वनमा क्षति पुर्‍यायो भने छेउको बस्तीमा पाँच घरगोठ जलेर नष्ट भए । डढेलोले नजिकको बस्ती जोखिममा पर्दा न गाउँमा पर्याप्त पानीको श्रोत थियो न त दमकल नै ।

गोठमा चट्याङ पर्दा ८ चौपाया मरे 

गोठमा चट्याङ पर्दा ८ चौपाया मरे 

विप्लव महर्जन

गएराति गोठमा चट्याङ पर्दा सल्यानमा आठ चौपाया मरेका छन् । राति करिब १० बजे बन्गाड कुपिण्डे नगरपालिका-५ मैनेनीका लालबीर पुनको गोठमा चट्याङ पर्दा बाँधेर राखेका आठ पशु चौपाया मरेका हुन् । 

बगालमा भालु पस्दा तर्सिएर भिरबाट हाम फालेका ७० भेडा मरे

बगालमा भालु पस्दा तर्सिएर भिरबाट हाम फालेका ७० भेडा मरे

डीबी बुढा

जुम्लामा भालु भेडाको बगालमा पस्दा तर्सिएर भिरबाट हामफालेका ७० भेडा मरेका छन् । तातोपानी गाउँपालिका ७ बारागाउँको थुमलचौर पाटनमा राखिएका भेडीखोरमा सोमबार राति २ बजेतिर भालु पसेको थियो । 

कर्णाली बाट थप
नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

अर्जुन शाह

बझाङ निर्वाचन क्षेत्र नम्बर १ को (१) मा भएको उपनिर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

महाकालीमा फसेका कामदार १० घण्टा पछि वारी आए

भवानी भट्ट

महाकाली नदीमा पानीको बहाब बढेपछि १० घण्टादेखि नदी बिचमै फसेका कामदार बिहीबार बिहान मात्रै नदी वारी आउन सकेका छन् ।  पानीको बहाब घटेपछि बिहीबार उनीहरु नेपाल तर्फ आउन सकेका हुन् ।

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

भवानी भट्ट

महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा निर्माण भएका घरटहरा भत्काइएको छ । बुधबार डोजर लगाएर खाद्यको जग्गा खाली गरिएको हो । 

महेन्द्रनगर विकास समितको जग्गा बिक्री प्रकरण : चार अध्यक्ष र कर्मचारी दोषी ठहर

महेन्द्रनगर विकास समितको जग्गा बिक्री प्रकरण : चार अध्यक्ष र कर्मचारी दोषी ठहर

भवानी भट्ट

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन बिक्री प्रकरणमा विशेष अदालतले तत्कालीन अध्यक्ष र कर्मचारीसहित ८ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतको सोमबारको फैसलाले ४ जना अध्यक्ष र ४ कर्मचारीलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको हो । विशेष अदालतले सोमबार अख्तियारले दर्ता गरेका मुद्दाकै आधारमा फैसला गर्दै अध्यक्षसहित नगर विकासका कर्मचारीहरुलाई दोषी ठहर गरेको छ ।

बझाङमा चट्याङ लागेर ४ जना घाइते

बझाङमा चट्याङ लागेर ४ जना घाइते

वसन्तप्रताप सिंह

खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ ७:१५ बजे आइते रावतको घरमा चट्याङ पर्दा नजिकै रहेका चार जना घाइते भएका हुन् ।

गृह सचिव नेतृत्वको टोली दार्चुलाको ब्यासमा

गृह सचिव नेतृत्वको टोली दार्चुलाको ब्यासमा

मनोज बडू

गृह मन्त्रालयका सचिवसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू भ्रमणको सिलसिलामा दार्चुला पुगेका छन् । मंगलबार बिहानै हेलिकप्टरबाट गृह सचिवसहित सुरक्षा प्रमुखको टोली दार्चुला पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सुदूरपश्चिम बाट थप

युरोपेली च्याम्पिन्स लिग : बायर्नलाई स्तब्ध पार्दै रियल फाइनलमा

रियल म्याड्रिडले सनसनीपूर्ण पुनर्आगमन रच्दै बुधबार युरोपेली च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ । उसले सेमिफाइनल दोस्रो लेगमा बायर्न म्युनिकलाई २–१ ले हरायो ।

हैदरावादको दस विकेटको जित

ओपनर ट्रेभिस हेड र अभिषेक शर्मा दुवैले नटआउट अर्धशतक बनाएपछि सनराइज हैदरावादले आईपीएल २०२४ मा बुधबार लखनउ सुपर जायन्टसलाई अविश्वसनीय रूपमा दस विकेटले पराजित गरेको छ । यो जितले हैदरावादको प्ले–अफ सम्भावना पनि बलियो बनेको छ ।

फुटबलले जोडेको सम्बन्ध

इंग्ल्यान्ड ‘सी’ र नेपाली राष्ट्रिय फुटबल टिमबीच मे ६ मा पहिलो पटक ऐतिहासिक मैत्रीपूर्ण फुटबल खेल भयो । नेपालीको उल्लेख्य उपस्थिति रह्यो अल्डरसट सहरमा । 

प्रशिक्षक कपालीलाई दुई छनोट प्रतियोगिताको जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपालीलाई दुई फरक अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा भाग लिने खेलाडीको छनोट प्रतियोगिता गर्ने जिम्मेवारी दिएको छ ।

अनमोल केसी भन्छन्– ‘जीवनको बेस्ट फिल्म गर्नै बाँकी छ’

छड्के २.०’ सुपरफ्लप भएपछि अधिकांशले भने– ‘अब अनमोलका दिन गए, अनमोल सक्किए ।’ कोही त अनमोलको स्टारडम खस्किएको नतिजासम्मै पुगे । फिल्मले बक्स अफिसमा पानी भन्न नपाउँदा अनमोलको पुस्ता सकिएको भन्ने चर्चा चल्यो । साथै, ‘छड्के २.०’ नरुचाइनु, अनमोललाई दर्शकले गरेको अस्वीकारका रूपमा परिभाषित नै गरियो । तर, फिल्म करिअरकै यति ठूलो असफलताबाट भने अनमोलले आरोह–अवरोहको वास्तविक पाठ सिकेका छन् ।

सन् १९८६ मा आजकै दिन : सगरमाथा आरोही नोर्गेको निधन

सन् १९८६ मा आजकै दिन (मे ९) मा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेको निधन भएको थियो । नेपालको सोलुखुम्बुमा सन् १९१४ मे २९ मा जन्मिएका नोर्गेको ७१ वर्षको उमेरमा दार्जिलिङमा निधन भएको थियो । 

अशान्त अमेरिकी विश्वविद्यालय

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेको आठ महिना पुगिसकेको छ । इजरायलले व्यहोरेको अप्रत्याशित आक्रमणमा करिब १ हजार २ सय इजरायली तत्काल मारिए । घाइते भएका सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए । त्यसका साथै २ सय ५० जनाभन्दा बढीलाई इजरायली क्षेत्रबाट बन्धक बनाएर लैजान हमास सफल भएको थियो । 

सन् २०१६ मा आजकै दिन : लन्डनमा पहिलो मुस्लिम मेयर 

सन् २०१६ मा आजकै दिन (मे ८) मा बेलायती राजधानी लन्डनको मेयरमा सदिक खान निर्वाचित भएका थिए । लेबर पार्टीबाट उम्मेदवार बनेका खानले कन्जरभेटिभका ज्याक गोल्डस्मिथलाई पराजित गरेका थिए । 

भारतीय लोकसभा निर्वाचन : तेस्रो चरणअन्तर्गत ९२ सिटमा मतदान हुँदै

भारतमा लोकसभाको तेस्रो चरणको निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । तेस्रो चरणअन्तर्गत विपिन्न ११ राज्य र केन्द्र शासित प्रदेशका ९२ सिटमा चुनाव भइरहेको छ ।

सन् २००० मा आजकै दिन : रुसको राष्ट्रपतिमा पुटिन 

सन् २००० मा आजकै दिन (मे ७) मा भ्लादिमिर पुटिनले रुसी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । रुसमा २००० मार्च २६ मा भएको चुनावमा पुटिन ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए । 

बसबाट खसेर बालिकाको मृत्यु 

बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार महांकाल गाउँपालिका-६ ठूलादुर्लुङकी चार वर्षीया आर्या सन्जेलको बसबाट खसेर ज्यान गएको हो ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.