शक्तिका आडमा दबाइएको त्यो बम काण्ड
‘तपाईंले ठट्टा ठान्नु भाछ, ठट्टा ! यो जिल्लामा आग लाग्छ, आग ! हेर्दै जानु होला, तपाईंलाई हत्कडी लगाउँछु,’ नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमले जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन डीएसपी नवीन कार्कीलाई दिएको धम्कीको एक वाक्यांश हो यो ।