२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र

इलाम — मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सुहाङ नेम्वाङलाई प्रमाण दिएको छ ।

सुहाङलाई निर्वाचित भएको प्रमाणपत्र

कार्यालयमा मंगलबार आयोजित एक समारोहमा नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।

यस क्षेत्रबाट २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सुवाषचन्द्र नेम्वाङको निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन भएको थियो । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट सुवासकै छोरा सुहाङ निर्वाचित भएका हुन् ।

उनले कांग्रेसबाट उम्मेदवार बनेका डम्बरबहादुर खड्कालाई ५ हजारभन्दा बी मतान्तरले पराजित गरेका थिए ।

प्रकाशित : वैशाख १८, २०८१ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?