कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

बडीखेलमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु 

ललितपुर — गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका दुई जनामध्ये शंकर पहरीको मृत्यु भएको छ ।

उनको उपचारको क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको जानकारी जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले दिए । अर्का घाइते रमेश पहरीको भने अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै गोदावरी नगरपालिका–६ लेलेको आनन्द वनमा लागेको डढेको अझै नियन्त्रणमा आइसकेको छैन । एसएसपी खनालले आगो निभाउने क्रम जारी रहेको बताए । आनन्द वनमा लागेको डढेलो कुष्ठरोग अस्पताल कम्पाउन्डसम्म आइपुग्दा ६५ जना कुष्ठ विरामी सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित : वैशाख १८, २०८१ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?