कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

खेलकुद विकास बोर्ड, कोशीको सदस्य सचिवमा बस्नेतको पुनर्वहाली

अर्जुन सुवेदी

इटहरी — उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड, कोशीको सदस्य सचिवमा कृष्ण बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार कृष्ण बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएको हो । उच्च अदालतको यो आदेशसँगै अहिलेका सदस्यसचिव हंशराज वाग्ले पदमुक्त भएका छन । 

खेलकुद विकास बोर्ड, कोशीको सदस्य सचिवमा बस्नेतको पुनर्वहाली

२०७८ चैत्र २१ गते बसेको तत्कालीन मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई पदमुक्त गर्दै ओखलढुंगाका वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । तत्कालीन सामाजिक विकासमन्त्री राजन राईले बस्नेतलाई पदमुक्त गर्दै वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेका थिए ।

उक्त निर्णयविरुद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको मागसहित मुद्दा दायर गरेका थिए । त्यसबेला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेका थिए ।


प्रकाशित : वैशाख १८, २०८१ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?