संसार सबैभन्दा धेरै प्रकृतिक प्रकोप हुने देशहरूको सूचीमा नेपाल २० नम्बरमा पर्दछ भने जलवायु परिवर्तनसँग सम्बन्धित प्रकोपहरूको हिसाबमा चौथो नम्बरमा । या भनौं हामी प्राकृतिक प्रकोपको दृष्टिकोण बाट अत्यन्त जोखिमपूर्ण क्षेत्रमा छौं ।
जुन महिनाको दोस्रो हप्ता संसारभरिका समाचारहरू अधिकतम तापक्रमवरिपरि घुमिरहे । कैयौं ठाउँमा अधिकतम तापक्रमका रेकर्डहरू तोडिए । वैज्ञानिकहरूले तयार गरेका विभिन्न मोडलले यो क्रम जारी रहने देखाएका छन् । यस वर्ष जलवायु परिवर्तन वा भनौं ग्लोबल वार्मिङको रौद्र रूप देखिएको छ ।