यादवले बोलाए केन्द्रीय समिति बैठक 

वैशाख २७, २०८१

कान्तिपुर संवाददाता

Yadav called a central committee meeting

काठमाडौँ — उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि यादवले केन्द्रीय समितिको बैठक बोलाइएको हो । 

जसपा प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार जसपा, नेपालको केन्द्रीय समिति बैठक बैशाख ३१ र जेठ १ गते बस्नेछ । उनका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले  केन्द्रीय समिति बैठक आह्वानको निर्णय लिएको हो । 

बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताए । 

अशोक राईले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेपछि यादवले केन्द्रीय समिति बैठक बोलाएको हो । बहुमत सांसद लिएर राईले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । 

कान्तिपुर

Link copied successfully