पार्की दाजुभाइको उल्लास

कार्तिक ४, २०७९

पार्की दाजुभाइलाई एकैदिन स्वर्ण जितेर खुसी साट्ने व्यग्रता थियो । नवौं राष्ट्रिय खेलकुदको अन्तिम दिन पोखरा रंगशालाको ट्रयाकमा गोपीचन्द्र र शिवराजले स्वर्ण जित्दै खुसी बाँड्दाको क्षण त्यही व्य...

कर्णालीलाई दसौंको झन्डा हस्तान्तरण गरिने

दसौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने भएको छ । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार साँझ सकिँदै छ ।

प्याराग्लाइडिङमा अभ्यास खेललाई मान्यता, निसिमको सालिक बनाइने

नवौं राष्ट्रिय खेलकुदका क्रममा दुर्घटना भएर खेलाडीको मृत्यु भएपछि स्थगित प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ ।

पुरुष भलिबलमा एपीएफ च्याम्पियन

विभागीय डर्बीमा त्रिभुवन आर्मीलाई उछिन्दै एपीएफले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको उपाधि जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो ।

कराँतेमा पुलिसको वर्चस्व

नेपाल पुलिस क्लबले १९ मध्ये ९ स्वर्ण पदक हात पार्दै कराँतेमा आफ्नो वर्चस्व कायम गरेको छ । पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएको कराँतेको ५३ औं राष्ट्रिय कराँते प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ५ कांस्य गरी कुल १७ पदकसहित पुलिसले पहिलो स्थानमा वर्चस्व कायम राखेको हो । 

आर्मीलाई महिला बास्केटबल 

त्रिभुवन आर्मी क्लबले महिला बास्केटबलमा स्वर्ण जितेको छ । तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा सञ्चालित महिला बास्केटबल प्रतियोगितामा आर्मीले बुधबार भएको फाइनलमा वाग्मती प्रदेशलाई पराजित गर्दै उपाधि जितेको हो । 

छोरीको प्रार्थना, आमाको स्वर्ण

बिहान सबेरै छोरीले फोन गरेर ‘आमा मैले प्रार्थना गरेको छु, तपाईले जित्नुहुनेछ । अब हामी मन्दिर पनि जान्छौं ।’ सााच्चै छोरीको त्यो प्रार्थना साकार भयो । आमा विन्द्राधन्के श्रेष्ठले मंगलबार पोखरामा नवौं राष्ट्रिय खेलकुदमा म्याराथन दौडको स्वर्ण जितेकी छन् ।

महिला भलिबलमा एपीएफलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा सम्पन्न महिला भलिबल प्रतियोगितामा विभागीय क्लव एपीएफले स्वर्ण जितेको छ ।

आर्मी र एपीएफ पुरुष भलिबलको फाइनलमा

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ फाइनलमा पुगेका छन् । पोखरा रंगशालामा बुधबार साविक विजेता पुलिसलाई हराउँदै विभागीय डर्बीमा आर्मीले बाजी मार्‍यो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई हरायो ।

राष्ट्रिय खेलकुदमा दर्शकको चाप : ‘अरु खेलेको हेर्दा आफ्नो जवानी सम्झिन्छु’

भरिएको प्यारापिटमा बस्ने ठाउँ नपाएपछि पोखरा रामबजारका चिजकाजी गुरुङ भलिबल कोर्टमै ओर्लिए । मंगलबार पुरुषतर्फको क्वार्टरफाइनलका खेल हेर्न उनी टिकट काटेरै प्रवेश गरेका थिए । दर्शकको चाप थेग्न नसकेपछि आयोजकले कोर्टको दायाँबायाँ कार्पेट विछ्याएर दर्शक राखे । मञ्चपट्टी उभिएरै हेर्ने दर्शकको ठेलमठेल भयो ।  

आर्चरीमा गण्डकीको वर्चस्व

गण्डकी प्रदेश टिम बुधबार नवौं राष्ट्रिय खेलकुदमा आर्चरी टिम च्याम्पियन बनेको छ । कुल १३ स्पर्धामा गण्डकीले ७ स्वर्ण, ४ रजत र १ कांस्यसहित १२ पदक जित्दै च्याम्पियन ट्रफी उचालेको हो । 

भारोत्तोलनमा विद्यालाई कीर्तिमानसहित स्वर्ण

नवौं राष्ट्रिय खेलकुदमा पुलिसकी विद्या राईले भारोत्तोलनको महिला ८७ केजीभन्दा माथि तौल समूहको स्न्याचमा कीर्तिमान कायम गरेकी छन् । उनले स्न्याचतर्फ ७६ र क्लिन एन्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन उचाल्दै स्वर्ण जितेकी हुन् ।

टेबलटेनिसमा ६ स्वर्णसहित पुलिस च्याम्पियन

नवौं राष्ट्रिय खेलुकदअन्तर्गत टेबलटेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ ।पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो ।

जयरानीको दबदबा : जितिन् चार स्वर्ण

नवौं राष्ट्रिय खेलकुदमा आर्मीकी धाविका जयरानी थारुले चौथो स्वर्ण पदक जितेकी छन् । उनले बिहीबार एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेकी हुन् ।

राष्ट्रिय खेलकुदका झलक

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालामा मंगलबार पुरुष भलिबल, पौडी, म्याराथन, लङजम्पलगायत खेल भएका छन् । पुरुष भलिबलको सेमिफाइनलमा तीन विभागीय टिम र गण्डकी प्रदेश प्रवेश गरेका छन् । मंगलबार नै आर्मीकी १६ वर्षीया स्विमर डुआना लामाले तीन स्वर्ण हात पार्दै सर्वाधिक ९ स्वर्ण पदकसहित १० पदक जितेकी छन् । शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् ।

स्विमर डुआनाले जितिन् सर्वाधिक ९ स्वर्ण

आर्मीकी १६ वर्षीया स्विमर डुआना लामाले मंगलबार तीन स्वर्ण हात पार्दै नवौं राष्ट्रिय खेलकुद २०७९ मा सर्वाधिक ९ स्वर्ण पदकसहित १० पदक जितेकी छन् ।

महिला बास्केटबल : आर्मी र वाग्मती भिड्दै फाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेश भिड्दै छन् । मंगलबार भएको सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई र वाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।