कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

महिला भलिबलमा एपीएफलाई स्वर्ण

घनश्याम खड्का

म्याग्दी — नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा सम्पन्न महिला भलिबल प्रतियोगितामा विभागीय क्लव एपीएफले स्वर्ण जितेको छ ।

महिला भलिबलमा एपीएफलाई स्वर्ण

दर्शकले खचाखच बेनी खेलमैदानमा सम्पन्न फाइनल खेलमा पुलिस विरुद्ध एपीएफ २५–१९, ३०–२८, २४–२६ र २५–२१ अंक प्राप्त गरी राष्ट्रिय महिला भलिबल च्याम्पिएन भएको हो ।

दर्शकको माया र हुटुङ पाए पनि खेल मिलाउन नसक्दा पुलिसले महिला भलिबलमा रजतमा चित्त बुझाएको छ ।

तेस्रो स्थानका लागि बुधबार भएको अर्को खेलमा गण्डकी प्रदेशलाई २०–२५, २५–१२, २५–२१ र २५–१७ अंकसहित पराजित गरी वाग्मती प्रदेशले कांस्य पदक जितेको हो ।

प्रकाशित : कार्तिक २, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?