२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ध्रुव तुलाधर

तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

ध्रुव तुलाधरका लेखहरु :

स्यान्टु र प्रिन्सले पेरिस ओलम्पिकको उद्घाटनको भोलिपल्टै खेल्ने

पेरिस ओलम्पिकको शुक्रबार हुने उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन् ।

नेपाली पौडीवाजले तरंगित त्यो ओलम्पिक

ओलम्पिकमा नेपाली पौडी खेलाडीले सहभागिता जनाउन थालेको पनि २८ वर्ष भइसक्यो । नेपाली पौडीवाजले पहिलो पटक सन् १९९६ को एटलान्टा ओलम्पिक खेलेका थिए । यो त्यही ओलम्पिक हो, जहाँ तत्कालीन युवराज दीपेन्द्र पनि खेलाडीको हौसला बढाउन अमेरिका पुगेका थिए ।

ओलम्पिकमा सान बढाउँदै स्यान्टु

टेबलटेनिसका स्यान्टु श्रेष्ठ ओलम्पिकका लागि अस्ट्रेलियाबाट सिधै पेरिस लागेका छन् । पछिल्लो समय त्यहीं रहेर आफूलाई तयार पारेका उनी पेरिस ओलम्पिकको शुक्रबार हुने उद्घाटन समारोहमा सहभागी हुनेछन् । 

पेरिस ओलम्पिक : ब्याडमिन्टनको परिचय बदल्दै प्रिन्स

नेपाली ब्याडमिन्टनले पहिलोपल्ट विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सहभागिता जनाउँदै छ । आसन्न पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टनको प्रतिनिधित्व युवा खेलाडी प्रिन्स दाहालले गर्दै छन् । ब्याडमिन्टन खेलको इतिहास नेपालमा लामो छ । ब्याडमिन्टन संघ २००८ सालमा स्थापना भएपछि संस्थागत रूपमा नेपालमा ब्याडमिन्टन खेलिन थालेको हो । तर, त्यो भन्दा धेरै अगाडिदेखि नेपाली भूमिमा ब्याडमिन्टन खेलिएको इतिहास भेटिन्छ ।

पेरिस ओलम्पिक : गति बढाउँदै ‘गोल्डेन गर्ल’

‘गोल्डेन गर्ल’ । धाविका सन्तोषी श्रेष्ठले पाएको उपनाम हो यो । जहाँ दौडिन्छिन्, त्यहाँ स्वर्ण जितिहाल्छिन् । बिरलै मात्र होलान् देशभित्र उनले नजितेका दौड प्रतियोगिताहरू । यिनै धाविका अहिले पेरिस ओलम्पिकको तयारीमा जुटिरहेकी छन् । 

सहायता नियोगबाटै हुर्किएको ‘ओलम्पिक सपना’

चार वर्षअघि नै ओलम्पिक खेल्नुपर्ने खेलाडी हुन् जुडोकी मनिता श्रेष्ठ प्रधान । उनले छनोटको नजिक पुगेर पनि टोकियो ओलम्पिक गुमाउनुपरेको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा गरेको प्रदर्शनका कारण जुडोबाट मनिताको नाम अगाडि थियो । तर, निर्णायक अंक प्राप्त गर्ने खेलमा उनी पराजित भइन् । जुडोबाट सोनिया भट्टले टोकियो ओलम्पिक खेलिन् । 

रहरै रहरले ओलम्पिकको यात्रा

सुस्मिता नेपालले सुटिङ खेलको राइफलबाट निसाना लगाउन थालेको आठ वर्ष पुग्ने क्रममा छ । यस अवधिमा उनले आफूलाई ओलम्पियन खेलाडीका रूपमा उभ्याएकी छन् । आसन्न पेरिस ओलम्पिकमा नेपालबाट भाग लिने सात खेलाडीमध्ये उनी एक हुन् ।

सुटिङकी सुस्मिताले पेरिस ओलम्पिक खेल्ने

नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले पेरिस ओलम्पिक खेल्ने भएकी छन् । उनले फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ३३ औं ग्रीष्मकालीन ओलम्पिकका लागि स्थान पक्का गरेकी हुन् । 

एनभीए राष्ट्रिय भलिबल लिग : हेल्प नेपाल र पुलिस लगातार च्याम्पियन   

टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल पुलिस क्लब  आठौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग च्याम्पियन भएका छन् ।त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार सम्पन्न लिगको फाइनलमा दुवै टोलीले उपाधि रक्षा गरे । हेल्प नेपालले पुरुष र पुलिस क्लबले महिलातर्फको उपाधि जितेका थिए ।